नेपाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाढीको वितण्डा: "बाढीको डरले निद्रा पर्दैन"

  • 21 जुलाई 2019

बाढी र डुबान प्रभावित तराईका जिल्लाहरूमा नदी, खोला र खहरेहरूमा पानीको भेल घटेपनि रौतहटको चन्द्रपुर, जुडिबेलास्थित राईटोलका कालीमाया राई र सुकुनी राई भने निर्धक्क सुत्न सकेका छैनन्।

चाँदी, पौराही र वाग्मती नदी नजिकै अवस्थित राईटोलका झण्डै १४ घर डुबानमा परे।

जसका कारण उनीहरूको घर हिलाम्मे छ र कसैको घर ढल्किएको पनि छ।

आफ्नो बस्ती सुरक्षित पार्न पानीको निकास तत्काल खोल्नुपर्ने भएपनि उनीहरू समक्ष कोहीपनि नपुगेको पीडितहरूले बताए।

गत सप्ताहअन्तको बाढी आएलगत्तै प्रहरी र स्थानीय अधिकारीहरू त्यहाँ निकास खोल्ने यन्त्र सहित पुगेका थिए।

चुरे अतिक्रमण, वनविनाश र उत्खननका कारणले बस्ती बाढी र डुबानमा परेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि:

बाढीबाट मुसहर समुदाय विस्थापित

बाढीका बेला सर्पको टोकाइ, सरुवा रोगबाट बच्न चिकित्सकको सुझाव

सम्बन्धित सामग्री