'राजमार्गका दर्जनौँ पुल जोखिममा'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'राजमार्गका दर्जनौँ पुल जोखिममा'

  • 26 जुलाई 2019

नेपालको राजमार्ग र सहायक मार्गका पुलहरुमध्ये कतिपयका आयु सकिएका र बेलैमा मर्मत हुन नसकेकाले जोखिममा रहेको विज्ञले बताएका छन्।

झण्डै एक सयवटा पुलहरू तत्काल मर्मतसम्भार गर्नुपर्नेमा ढिलासुस्ती भएको बताइएको छ।

सडक विभाग मातहतको पुल महाशाखाले भने पुलको खतराको अवस्था हेरेर वर्गिकरण गरि मर्मत कार्य सुरू गरिएको बताएको छ।

पुल मर्मतका लागि छुट्ट्याइने सीमित बजेटका कारण बेलैमा सबै पुलहरु मर्मत गर्न नसकिएको विभागको भनाइ छ।

देशभरिका २१ राजमार्गमा करिब २००६ वटा पुल संचालनमा रहेको विभागको तथ्याङ्क छ।

जोखिममा रहेका भनिएका अधिकांश पुलहरू ५० वर्षअघि निर्मित छन्।

खोलाबाट अव्यवस्थित रूपले ढुङ्गागिट्टी झिकिँदा कतिपय पुलहरू थप जोखिममा परेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ -

अनि यो पनि