संरक्षणको अभावमा घण्टाघर जीर्ण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संरक्षणको अभावमा घण्टाघर जीर्ण

  • 18 अगस्ट 2019

तत्कालीन राणा राणा प्रधानमन्त्री वीर शमसेरले ब्रिटेनबाट एउटा ठूलो घडी मगाई काठमाण्डूको रानीपोखरीको छेवैमा घण्टाघर बनाए।

घण्टाघरको घडीले १२ बज्दा टुँडिखेलमा सेनाले तोप पड्काएर समयको जनाउ दिने प्रचलन थियो। देशमा भएका राजनीतिक परिवर्तनहरूसँगै त्यस्तो प्रचलनमा फेरबदल हुन थाल्यो।

पछिल्लो सयममा जारी प्रविधिको विकाससँगै समयको जानकारी लिन घण्टाघरबाट निस्कने आवाजको प्रतीक्षा गरिरहनु परेन।

कुनै बेला काठमाण्डूको समयसूचक बनेको घण्टाघरको ऐतिहासिक र पुरातात्त्विक महत्त्वमा भने कमी आएको छैन।

तर सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय नहुँदा त्रिचन्द्र क्याम्पस हाताभित्र रहेको घण्टाघर जीर्ण बनेको छ।

पुरातत्त्व विभाग अन्तर्गत सञ्चालित घण्टाघरको समयानुकूल मर्मतसम्भार नहुँदा ३२ वर्षदेखि यसको रेखदेख गर्दै आएका प्राविधिक गणेश सापकोटा चिन्तित छन्।

भूकम्प र आगलागीका कारण पटकपटक क्षतिग्रस्त भएको घण्टाघरको संरक्षणका लागि सरकारी निकायले प्रतिबद्धता व्यक्त गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

लण्डनको घण्टाघर भयो शान्त