पूर्वपश्चिम राजमार्ग: समानान्तर पुलको योजना, क्षतिग्रस्त पुल निर्माणको लागि रकम माग

  • 25 अगस्ट 2019
प्रदेश २ मा पर्ने पूर्वपश्चिम राजमार्गको भप्सी पुल तस्वीर कपीराइट Surendra Phuyal
Image caption प्रदेश २ मा पर्ने पूर्वपश्चिम राजमार्गको यो पुल करिब ५० वर्षअघि रुसी सहयोगमा बनेको थियो। हालैको बाढीपछि यो अचानक भत्किन पुग्यो तर कुनै दुर्घटना हुन पाएन। लगत्तै बेलीब्रिज जडान गरिएको छ।

पूर्वपश्चिम राजमार्गका विभिन्न पुलमा बाढी र कटानका कारण भएको क्षतिले सवारी आवागमनमा अवरोध पुगिरहेको बेला ती पुलसँगै समानान्तर रूपमा नयाँ पुल निर्माणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

ती पुलहरूको विकल्प तयार गरेर सवारी आवागमन सहज बनाउने प्रयत्न गरिएको सडक विभागको भनाइ छ। तैपनि ती पुल आउने दशैँसम्ममा बनिसक्लान् कि नसक्लान् भन्ने प्रश्नको उत्तर खोज्न त्यति सहज छैन।

पुल निर्माणको जिम्मा पाएका निकाय र अधिकारीहरू भने ती पुल नबनेपनि आवागमनको लागि अस्थायी विकल्प तयार हुने बताउँछन्।

उनीहरूका अनुसार पहिलो चरणमा नारायणगढदेखि बुटवल खण्ड र दोस्रो चरणमा कमला नदीदेखि सप्तरीको भारदहसम्म थप दुई लेनका पुलहरु बनाउने योजना अघि बढिसकेको छ।

पूर्वपश्चिम राजमार्गका विभिन्न पुलमा बाढी र कटानका कारण भएको क्षतिले सवारी आवागमनमा अवरोध पुगिरहेको बेला ती पुलसँगै समानान्तर रूपमा नयाँ पुल निर्माणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।

सडक सम्पर्क विच्छेद

यस वर्षको बाढी लगायतका कारणले देशभर ४५ वटा पुलका संरचनमा क्षति पुगेको सरकारी तथ्याङ्क छ। तर ती पुलहरू सवारी आवागमनका लागि अहिले सम्म योग्न नै रहेका छन् ।

गत साता नवलपरासीको अरुण खोलामा एउटा ट्रक पुलमा ठोक्किएर पुल भासिएपछि पूर्वपश्चिम राजमार्गको आवागमन प्रभावित भयो। बसलगायत हलुका सवारी साधनका लागि बनाएको 'डाइभर्शन' अर्थात् अस्थायी बाटो पनि बाढीले बगाउँदा यात्रुहरु निर्धारित समयमा आफ्नो गन्तव्यमा पुग्न पाएनन्।

वर्षामा सधैँ जसो पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुने क्रम नरोकिएका बेला सरकारले भने समानान्तर रूपमा थप पुलहरुको निर्माणको काम अगाडि बढाइएको जनाएको छ।

सरी हुँदैछ काम?

त्यसको सुरुवात, पुलका कारण सबैभन्दा बढी आवागमन प्रभावित हुने नारायणगढ-बुटवल सडक खण्डबाट गरिएको सडक विभागका महानिर्देशक केशव कुमार शर्माले बताए।

उनले बीबीसी न्यूज नेपालीसँग भने, "पूर्वपश्चिम राजमार्गमा जहाँ जहाँ पुलहरू भत्किएका छन् त्यहाँ समानान्तर रूपमा दुई लेनको नयाँ पुलहरू बन्ने गरी ठेक्का भइसकेको छ। पुरानाहरू पनि भविष्यमा बदल्नुपर्छ।"

दोस्रो चरणमा कमला नदीदेखि सप्तरीको भारदहसम्म थप दुई लेनका पुलहरु निर्माण गरिनेछन्। नारायणगढदेखि पूर्व काँकडभिट्टासम्मका बाँकी खण्ड पनि डिजाइनको चरणमा रहेको बताइएको छ।

त्यसले गर्दा समानान्तर रूपमा थप वैकल्पिक पुलहरू बन्ने र एउटा पुलमा असर पर्दा पनि अर्को पुलबाट सवारी आवागमन सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।

दीर्घकालीन योजनाका अतिरिक्त तत्काल क्षति भएका पुलहरुको निर्माणका विषयमा संसदीय समितिले समेत चासो दिएको छ। विकास समितिकी सभापति कल्याणी कुमारी खड्काका अनुसार त्यस्ता पुलहरुको निर्माणका लागि निर्देशन समेत दिइसकिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'राजमार्गका दर्जनौँ पुल जोखिममा'

वर्षाका कारण क्षति भएका पुलहरू मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्थामा छन्। त्यसका लागि थप बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको बताइएको छ।

तत्कालका लागि कतिपय स्थानमा बेलीब्रिजको प्रयोग गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ।