बनाउन घण्टौँ, मेट्न एकैछिन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घण्टौँ लगाएर बनाएको कलाकृति एकैछिनमा मेटिन्छ, कलाकार भन्छन् - यो पनि कला हो

  • 21 अगस्ट 2019

क्रोएशियाका निकोला फेलर चार घण्टाजति लगाएर नेरेट्भा नदीको डेल्टामा कलाकृति बनाउँछन्।

सतहमा बालुवा सुक्खा भए पनि मुनि ओसिलो हुन्छ र त्यसमा रेखाकृति बनाउन सकिन्छ।

कहिलेकाहीँ उनले पूरा कृति बनाइनसक्दै एड्रिएटिक सागरमा आएको छालले त्यस्लाई मेटाइदिन्छ।

कलाकार निकोला त्यो क्षणभङ्गुरतामा पनि कला देख्छन् - प्रकृतिको कला। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री