आत्महत्याबाट बच्ने उपाय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'नेपालमा आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या बढी'

  • 10 सेप्टेम्बर 2019

नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा आत्महत्या गर्ने मानिसहरूको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ।

नेपालमा दैनिक औसतमा १६ जनाले आत्महत्या गर्ने र त्यसमध्ये युवा तथा किशोरकिशोरीको सङ्ख्या बढी छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को पछिल्लो तथ्याङ्कले नेपाल धेरै आत्महत्या हुने मुलुकहरूको सूचीमा परेको देखाउँछ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सन् २०१७/०१८ मा नेपालमा झन्डै ५,४०० जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सकेमा धेरैको ज्यान जोगाउन सकिने मनोचिकित्सकहरू बताउँछन्।

केही तथ्य

डब्ल्यूएचओका अनुसार आत्महत्याका कारण विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाको ज्यान जाने गरेको छ।

विश्वभरि प्रत्येक वर्ष आत्महत्याका कारण आठ लाख मानिसको मृत्यु हुने गरेको छ।

डब्ल्यूएचओको सन् २०१६ को तथ्याङ्कअनुसार विश्वभरि १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो।

विश्वभरि हुने आत्महत्यामध्ये ७९ प्रतिशत न्यून र मध्यम आय भएका मुलुकहरूमा हुने गरेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका अनुसार उसका सदस्य राष्ट्रहरूले सन् २०२० सम्ममा आत्महत्या गर्ने दरमा १० प्रतिशतले कमी ल्याउने प्रतिबद्धता जनाएका छन्।

यसै सन्दर्भमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आज बीबीसी न्यूज नेपालीका गनी अन्सारीले मनोचिकित्सकाविद् नर्मदा देवकोटासँग कुराकानी गरेका छन्।

सुन्नुहोस् मनोचिकित्सकाविद् देवकोटासँगको कुराकानी।

अनि यो पनि