निर्मला ढुङ्गाना र आरती झासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निर्मला ढुङ्गाना र आरती झासँग

  • 28 अक्टोबर 2019

दशैँतिहार जस्ता ठूला चाडबाड नजिकिएसँगै किनमेल गर्ने, सरसफाइ गर्नेलगायतका कामको चटारो पनि सुरु हुन्छ।

यस्तो चाडबाडका बेला बढ्ने कामको भार धेरैजसो घरका महिला सदस्यहरूको काँधमा पर्ने गर्छ।

दुर्गा सुवेदी र शरू जोशी श्रेष्ठसँग

चाडपर्वका बेला महिलामाथि हुने कामको बोझ यसरी घटाउन सकिन्छ

गुनासो

नेपाली समाजको बदलिँदो स्वरूप अनुसार महिलाहरू पहिलेको जस्तो घरको काममा मात्रै सीमित रहने अवस्था छैन। महिलाहरूले कुशल गृहिणीका साथसाथै आफ्नो रोजगारीको समेत जिम्मेदारी बहन गर्नु पर्ने कुरा अब नौलो रहेन।

घरको भातभान्छादेखि छोराछोरी हेर्ने अनि कार्यालयको कामसमेत सम्हाल्न थालेपछि यसै त बढ्न पुग्ने कामको चाप त्यसमाथि चाडबाडमा श्रीमान् वा घरका पुरुष सदस्यको सहयोग नहुने हो भने साह्रै गाह्रो पर्ने उनीहरू बताउँछन्।

चाडबाडका बेला आउने पाहुनापाछालाई खाना बनाएर खुवाउनेदेखि भाँडा माझ्ने, सरसफाइ गर्नेसम्मको कामको जिम्मा अधिकांशजसो महिलाको काँधमा पर्ने गर्छ।

तर अब के घरव्यवहारको रथको दुई पाङ्ग्राका रूपमा व्याख्या गरिेने श्रीमान्-श्रीमतीबीच घरको कामको उचित बाँडफाँटको विषयमा छलफल हुनुपर्ने बेला आइसकेको हो?

महिलाले पनि बाहिर काम गर्न थालेपछि घरभित्रको काममा पुरुषको योगदान कस्तो हुनुपर्छ?

यसै विषयमा पद्मकन्या क्याम्पसमा लैङ्गिक विषय पढाउने सहप्राध्यापक निर्मला ढुङ्गाना र घर एवं कार्यालयको काम सम्हाल्दै आएकी मनोविद् आरती झासँग हामीले छलफल गरेका छौं।

सम्बन्धित सामग्री