जर्मनीमा बन्दुकधारीको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

  • 9 अक्टोबर 2019
जर्मन तस्वीर कपीराइट AFP

पूर्वी जर्मनीको हाला नगरस्थित एउटा यहुदीहरूले प्रार्थना गर्ने स्थान बाहिर भएको बन्दुक आक्रमणको घटनामा कम्तीमा दुईजना मारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक जनालाई पक्राउ गरिएको छ। अन्य सन्दिग्धहरू गाडीमा भागेको ठानिएको छ।

पाउलूस क्षेत्रमा घटना भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार एकजना बन्दुकधारी सैनिकको जस्तो पोशाकमा थिए र कैयौँ अस्त्र बोकेका थिए।

एकजना प्रत्यक्षदर्शीले स्थानीय एन टीभीलाई बताए अनुसार सैनिकको जस्तो पोशाकमा रहेका बन्दुकधारीले एउटा डोनर कबाब पसलमा गोली चलाउन शुरू गरे।

"त्यो मान्छे पसलमा आयो र ग्रिनेडजस्तो केही फाल्यो तर त्यो पड्किएन। त्यसपछि उसले गोली चलाउन थाल्यो", ती प्रत्यक्षदर्शीले भने।

तस्वीर कपीराइट AFP

"मेरो पछाडि भएका मान्छे मारिएको हुनुपर्छ। म त शौचालयभित्र लुकेँ।"

घटनापछि प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

उक्त आक्रमण यहुदी पात्रो अनुसारको एउटा पवित्र तिथिमा भएको छ।

सम्बन्धित सामग्री