यूकेको एसिक्समा कन्टेनरभित्र मृत फेला परेका ३९ जना नै 'चिनियाँ'

  • 24 अक्टोबर 2019
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कन्टेनरभित्र मृत फेला 'सबै चिनियाँ'

यूकेको एसिक्समा एउटा लरी कन्टेनरभित्र फेला परेका ३९ वटा शव चिनियाँहरूको भएको प्रहरीले जनाएको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधवार १:४० बजेतिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो।

हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई पक्राउ गरिएको थियो। रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ।

सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

बुधबार वाटरग्लेड औद्योगिक क्षेत्रको कन्टेनरमा ३८ जना वयस्क र एक किशोरको शव भेटिएको प्रहरीले जनाएको थियो।

तीमध्ये आठजना महिला रहेको बताइएको छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका थिए।

तस्वीर कपीराइट Facebook
Image caption लरी चालक मो रोबिन्सन

शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको थियो। र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए।

हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।

सम्बन्धित सामग्री