‘सामुदायिक भट्टीले थेगेको कुमालेको पेसा’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सामुदायिक भट्टीले थेगेको भक्तपुरका कुमाले पेसा

  • 25 अक्टोबर 2019

तिहार सुरु भएसँगै पुरानो सहर भक्तपुरमा माटोको भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता बढेको छ।

पोटरी स्क्वायर नामले चिनिने कुमाल टोलमा झन्डै ४० प्रजापति परिवार तिहारमा तेलबत्ती बाल्न प्रयोग हुने पाला बनाउन व्यस्त छन्।

विगतमा परम्परागत रूपमा माटोका भाँडाहरू पोल्ने गर्दा झण्डै ४० प्रतिशत फुटेरै नष्ट हुँदा आम्दानी निकै कम हुने गरेको उनीहरूको अनुभव छ।

तर अहिले सामुदायिक भट्टीहरूमा पालैपालो माटोका भाँडा पोल्ने गरिन्छ र झण्डै पाँच प्रतिशतमात्र नष्ट हुने उनीहरू बताउँछन्।

स्थानीय बासिन्दा कृष्ण प्रजापतिका अनुसार परम्परागत पेसा सङ्कटमा परेको बेला भाँडा कम फुट्ने, धुलोधुवाँ वा खरानीको सास्ती खेप्नु नपर्ने हुनाले सामुदायिक भट्टीहरू फलदायी भएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री