साताका उत्कृष्ट ७ तस्बिर

यो साता नेपालको सहित संसारका अन्य स्थानमा खिचिएका तस्बिरहरूमध्ये बीबीसीले छानेका सात राम्रा र रोचक तस्बिरहरू यस्ता छन्:

खुशी मानिसहरू

तस्बिर स्रोत, Liam McBurney / PA Media

तस्बिरको क्याप्शन,

उत्तरी आयरल्याण्डमा समलिङ्गी विवाहसम्बन्धी कानुन पारित भएपछि खुशी मनाउँदै गरेका मार्था ब्राउन र लुसी म्याककोलो।

तस्बिर स्रोत, Vasily Fedosenko / Reuters

तस्बिरको क्याप्शन,

पक्षीविद् ७२ वर्षीय भ्लादिमिर इभानोस्की बेलारुसमा चराहरूका लागि गुँड बनाइदिन रुख चढ्छन्।

तस्बिर स्रोत, Ivan Alvarado / Reuters

तस्बिरको क्याप्शन,

चिलीमा असमानताविरुद्ध प्रदर्शन गर्दै नागरिकहरू। एक साता देखि भएका प्रदर्शनमा कम्तीमा १६ जना मारिएका छन्।

तस्बिर स्रोत, Navesh Chitrakar / Reuters

तस्बिरको क्याप्शन,

तिहारको लागि बेच्न काठमाण्डूमा सयपत्री फूल टिप्दै एक महिला।

तस्बिर स्रोत, Leon Neal / Getty Images

तस्बिरको क्याप्शन,

दुरुस्तै चित्र बनाउन सक्ने आइ-डा नामक एक रोबोटलाई हेर्दै लण्डनको सङ्ग्रहालयमा एक महिला।

तस्बिर स्रोत, Lukas Coch / Reuters

तस्बिरको क्याप्शन,

आदिवासीहरू अस्ट्रेलियाको ऊलुरु पर्वतमा चढ्न प्रतिबन्ध लागइएको सूचनामा तस्बिर खिच्दै। स्थानीय आदिवासीहरूले यो पर्वतलाई पवित्र मान्ने गर्छन् र उनीहरूले पर्यटकहरूलाई पर्वत नचढ्न आग्रह गर्दै आएका थिए।

तस्बिर स्रोत, Dino Ferrertti / Shutterstock

तस्बिरको क्याप्शन,

इटलीमा बाढीले भत्किएको सडक। यो सडक भत्कँदा एक ट्याक्सी चालकको मृत्यु भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।