नेपाल धानमा कसरी आत्मनिर्भर हुन सक्ला?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बीबीसी बहस: नेपाल धानमा कसरी आत्मनिर्भर हुन सक्ला

  • 2 नोभेम्बर 2019

केही वर्षदेखि नेपालमा धान उत्पादन बढेको भए पनि यो वर्ष दुईदेखि पाँच प्रतिशतसम्म घट्न सक्ने सरकारी अनुमान छ।

गत वर्ष अहिलेसम्मकै उच्च अर्थात् ५६ लाख टन धान उत्पादन हुँदा सरकार हौसिएको थियो।

आगामी तीन वर्षमा धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य छ। त्यसका लागि वार्षिक ७० लाख टन हाराहारीमा धान उत्पादन हुनुपर्छ।

नेपालमा आधाभन्दा बढी धान रोपिने भूभागमा अकासेखेती मात्र हुन्छ। अर्थात् सिँचाइको अभाव भएको हुँदा वर्षाको भर पर्नुपर्छ।

त्यसबाहेक मल र बीउको अभाव हुने गरेको किसानहरूको गुनासो छ। यस्तो परिस्थितिमा के नेपाल तीन वर्षमा धान उत्पादनमा आत्मनिर्भर हुन सक्ला?

धानबालीविज्ञ भोलामानसिंह बस्नेत र कृषिविज्ञ नीलकण्ठ शर्मासँग यस विषयमा गरिएको बीबीसी बहस सुन्नुहोस्।

अनि यो पनि