पुरानै स्वरूपमा बन्दै सिंहदरबार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुरानै स्वरूपमा सिंहदरबार

  • 6 नोभेम्बर 2019

भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक र ऐतिहासिक महत्त्वको सिंहदरबारको पुरानै स्वरूपमा रेट्रोफिटिङ अर्थात् 'प्रबलीकरण' गर्ने कार्य जारी छ।

उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य अन्तिम चरणमा पुगेको भनिएका बेला हाल पश्चिम मोहडा अर्थात् जटिल मानिएको भवनको अग्र भागमा काम सुरु भएको हो।

युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री यूकेबाट झिकाई आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए।

विसं २०७२ को भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो।

पुरातात्त्विक महत्त्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सिंहदरबारको वास्तुकला कायम राख्न आवश्यक सामग्रीको अभाव हुन सक्ने चिन्ता व्यक्त भएको भए पनि प्रबलीकरणको जिम्मा पाएको कम्पनीले कुनै अवरोध नआए दुई महिनामा निर्माण कार्य सकिने जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री