बीबीसी बहस: कालापानी सीमा विवादको हल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महाकालीको कालापानी र नवलपरासीको सुस्ता जस्ता सीमा विवादको हल कहिले र कसरी निस्कन सक्ला?

  • 9 नोभेम्बर 2019

जम्मु कश्मीर र लद्दाखको नयाँ स्वरूप निर्धारण गर्दै भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूभागमा पारिएपछि नेपालमा सुरु भएका भारतविरोधी स्वरहरू चर्किने क्रम जारी छ।

त्यो नक्साका कालापानी भारतमा परेको भन्दै विरोध हुन थालेपछि नेपालको परराष्ट्र मन्त्रालयले एक वक्तव्य निकाल्दै भन्यो – “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ।”

तैपनि भारतको नयाँ नक्साको विरोध हुने क्रम जारी छ।

महाकालीको कालापानी र नवलपरासीको सुस्ता क्षेत्रका सीमा विवादको हल कहिले र कसरी निस्किन सक्ला? नेपाल सरकारले आउने दिनमा के गर्ला? यसै विषयमा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा सहभागी बीबीसी बहस सुन्न माथिको श्रव्य सामग्रीमा थिच्नुहोस्।

यो पनि पढ्नुहोस्:

सम्बन्धित सामग्री