उपेन्द्र यादव: अनुहारमा हाँसो, भित्रभित्र 'दुखी'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल सन्दर्भ: उपेन्द्र यादवको हँसिलो मुद्रा तर मन किन 'दु:खी'

  • 28 नोभेम्बर 2019

प्रधानमन्त्रीले सारिदिएको मन्त्रालयको जिम्मेवारी खुरुक्क सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादव जिम्मेवारी सम्हाल्दा जस्तै भित्र पनि खुसी नै होलान्? धेरैलाई पत्यार लागेको थिएन।

उनले पनि कतिपय कुरामा असन्तुष्टि प्रकट गरेका छन्।

आफू भारतमा आयोजित एउटा कार्यक्रममा रहँदा जिम्मेवारी फेरिँदा गलत सन्देश गएको उनको बुझाइ छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनको मन्त्रालय फेरिदिए, उनका राज्यमन्त्रीलाई हटाइदिए र उनको दलका अर्का नेताले सम्हालेको मन्त्रालयमा नेकपाबाट राज्यमन्त्री थपिदिए।

तैपनि किन सरकारमा? सुन्नुहोस् साप्ताहिक नेपाल सन्दर्भ कार्यक्रममा उनले दिएको तर्क।