दुई स्वर्ण विजेता मण्डेकाजी श्रैष्ठ भन्छन्: सपना पूरा भयो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दुई स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ भन्छन्: सपना पूरा भयो

  • 2 डिसेम्बर 2019

नेपालले १३औँ दक्षिण एशियाली खेलकुदमा सोमवार सुखद सुरुवात गर्दा करातेका मण्डेकाजी श्रेष्ठ नायक भए।

श्रेष्ठले जितेपछि नेपालले करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो।

पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरे अनि उनले टिम कातामा पनि स्वर्ण पदक जिते।

जितपछि ३४ वर्षीय श्रेष्ठले भने, "मेरो ठूलो सपना पूरा भएको छ। देशका लागि पहिलो स्वर्ण जित्न पाउँदा म खुशी छु।"

"यो मेरो लक्ष्य हो। लामो समयदेखि म यसको प्रतीक्षामा थिएँ।"

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री