बीबीसी बहस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल ट्रष्टको सम्पत्ति यति होल्डिङ्ग्सको पोल्टामा पुर्‍याएको भन्ने चरम विवाद किन

  • 29 डिसेम्बर 2019

तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति देश गणतन्त्रमा गएपछि सरकारले नेपाल ट्रष्ट नामको संस्था खोलेर त्यस अन्तर्गत ल्यायो।

त्यसलाई सञ्चालन गर्न कानुन पनि बनायो।

तर क्रमश: ट्रष्टका सम्पत्ति उपयोगको मूल उद्देश्य समेत परिवर्तन गरेर र कानुन पटक-पटक परिवर्तन गरेर एउटा संस्था मातहत रहेका कम्पनीहरूमा पुग्ने क्रम बढ्न थालेको पाइयो।

अहिले सञ्चारमाध्यममा नेपाल ट्रष्ट र त्यसको सम्पत्ति उपभोग गर्ने मौका पाउन सफल यति होल्डिङ्गस सम्बन्धी समाचार छताछुल्ल भएका छन्।

यसै विषयमा बीबीसी नेपाली सेवामा नेपाली कांग्रेसका नेता गगन थापा र नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्य-सचिव रहेका सरकारका सहसचिव राजेश्वर ज्ञवालीबीच बहस भएको थियो।

कार्यक्रममा ट्रष्टका सदस्य-सचिव ज्ञवालीले कानुन पालना गर्दै नेपाली व्यापारिक घरानालाई प्रवर्द्धन गर्न ट्रष्टका सम्पत्ति यती होल्डिङ्गसलाई दिएको बताएका थिए।

कांग्रेस नेता गगन थापाले भने यती होल्डिङ्ग्सलाई दिनकै लागि कानुन परिवर्तन गरिएको भन्दै सरकारको कटु आलोचना गरेका थिए।