नेपाल सन्दर्भ: सभामुख छान्ने सकसबारे खनाल के भन्छ्न्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सभामुख चयनबारे नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी।

  • 16 जनवरी 2020

झन्डै चार महिनादेखि रिक्त रहेको प्रतिनिधिसभा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद हल हुन नसक्दा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता रहेको सचिवालय नै अहिले विभाजित भएका विवरण सार्वजनिक भएका छन्।

सभामुखबारेको असहमति लम्बिदै गर्दा पुस ४ गतेदेखि सुरु भएको संसदको हिउँदे अधिवेशन नै प्रभावित हुन पुगेको छ र कैयौँ विधेयकहरू पारित हुन सकिरहेका छैनन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख पदका लागि आफ्नो दाबेदारी रहेको दोहोर्‍याइरहेकी छन् भने सभामुखका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका पनि आ-आफ्नै उम्मेदवार रहेका विवरण सार्वजनिक भइसकेका छन्।

यसै मेसोमा नेपाल सन्दर्भमा हामीले नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गर्दै सबैभन्दा पहिले सोधेका थियौँ सभामुखबारे सहमति जुटाउन तपाइँहरूको दलभित्र किन यत्रो सकस?

उनीसँगको अन्तर्वार्ता सुन्न माथिको श्रव्य सामग्रीमा थिच्नुहोस्।