नेपाल भ्रमण वर्ष २०२०: ‘यतीको स्वरूप सुमो खेलाडीजस्तो’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल भ्रमण वर्ष २०२०: ‘यतीको स्वरूप सुमो खेलाडीजस्तो’

  • 17 जनवरी 2020

नेपाल भ्रमण वर्ष-२०२०को प्रवर्द्धनका लागि छनोट भएको यतीको 'मस्कट'को आकार तथा स्वरूप नेपाली मौलिकता र मिथक कथामा आधारित नभएको भन्दै यतीसम्बन्धी अनुसन्धानकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।

किंवदन्तीमा आधारित हिममानव अर्थात् यतीसम्बन्धी लोककथाहरू नेपाल लगायत दक्षिण एशियाली मुलुकमा प्रचलित भए पनि हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण भेटिएको छैन।

भूगोलविज्ञ तथा यतीसम्बन्धी पुस्तक लेखक रामकुमार पाँडे भन्छन्, ''ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यतीलाई (सुमो) कुस्ती खेलाडीजस्तो बनाइएको छ। जुन यतीसँग कुनै हिसाबले मेल खाँदैन।''

सुमो जापानमा खेलिने एक प्रकारको कुस्ती खेल हो।

कम्तीमा पनि यतीको उचाइ, मुखाकृति, रौँसहितको शरीर मिथक कथामा व्याख्या भए अनुसार मिल्दोजुल्दो हुनुपर्ने पाँडेको तर्क छ।

नेपाल भ्रमण वर्षको सचिवालयअन्तर्गत गठित यती आर्ट कमिटीले अन्तर्गत कलाकारहरूले बनाएका झन्डै सात फूट अग्ला दर्जनौँ मस्टक विभिन्न सार्वजनिक स्थानमा राखिएका छन्।

सरकारी पक्षले भने यतीलाई डरलाग्दो जीवको रूपमा प्रस्तुत गर्नुभन्दा पनि यतीको घर नेपालका हिमालय हुन् भनेर संसारभरि चिनाउने उद्देश्यले त्यस्तो मस्कट बनाइएको बताए।

भ्रमण वर्ष २०२० को सचिवालयले कलाकार आङ छिरिङ शेर्पालाई यतीको स्केच डिजाइन गर्न आग्रह गरेको थियो।

उनले बताएको चित्रका आधारमा अर्का कलाकार विजय महर्जनले मूर्तीको रूप दिएका हुन्।

झण्डै १०८ वटा यतीका मस्कट बनाउने योजना रहेकोमा हालसम्म करिब दुई दर्जन मस्कटमात्र बनेका छन्।

ती मस्कटलाई देश-विदेशका विभिन्न पर्यटकीय स्थल, व्यापारिक केन्द्र, होटेल तथा विमानस्थल तथा नेपालका केही हिमालका आधारशिविरमा समेत राखिने बताइएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री