कोरोनाभाइरस: नेपाल जोखिममा छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कोरोनाभाइरस: के नेपाल जोखिममा छ?

  • 23 जनवरी 2020

चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा नेपालमा पनि त्यसले चिन्ता बढाइरहेको छ। चीनमा भाइरस सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ।

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा, त्यताबाट उक्त भाइरस नेपालमा प्रवेश गर्न सक्ने जोखिम कम गर्न समयमा नै सतर्कता अपनाउनुपर्ने शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन्।

डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरस नेपालमा देखा परिहाले सरफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्। यो भाइरसबाट बच्न अरू के गर्नुपर्छ? हेर्नुस् डा. पुनसँग कुराकानी गरेर बीबीसी न्यूज नेपालीकी सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि: