कोरोनाभाइरस: खरिपाटीवासीको चिन्ता, 'हावाले रोग ल्यायो भने के हामीले के गर्ने?'

कोरोनाभाइरसबाट अतिप्रभावित चीनको हुबे प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई काठमाण्डू उपत्यकाका विभिन्न चार स्थानमा 'क्वारन्टीन' मा राख्ने सरकारको योजना छ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित ती स्थानमा पूर्वाधार निर्माण तथा सरसफाइको काम भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

तर खरिपाटीका स्थानीयवासीले सरकारले आफ्नो ठाउँमा "बिनाजनचेतना" कोरोनाभाइरसको प्रकोप भएको क्षेत्रबाट आएका मानिसलाई ल्याएर राख्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

चीनमा मानिसहरूको मृत्यु भइरहेकोबाहेक कोरोनाभाइरसबाट कसरी जोगिने भन्ने आफूलाई थाहा नभएको उनीहरू बताउँछन्।

हेर्नुहोस् खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रनजिकै घरखेत भएका केही स्थानीय बासिन्दासँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि