घर फर्कने बस चढेपछि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कोरोनाभाइरस: चीनको वुहानबाट नेपाल फर्कने बस चढेका नेपालीहरू

  • 15 फेब्रुअरी 2020

वुहानबाट कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू आफ्नो कोठामा सीमित हुन पुगेका थिए।

उद्धार हुनुपर्ने दबाब बढ्दै जाँदा सरकारले दुई साताअघि उनीहरूको उद्धारको निर्णय गरेको थियो।

उनीहरू आइतवार बिहानका राति नेपाल आइपुग्ने बताइएको छ।

नेपाल आउन लागेका १ सय ८५ जनामध्ये लगभग सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन्।

तस्वीर कपीराइट COURTESY: Dr. Jeet Singh Bhandari
Image caption विमानस्थलमा स्वास्थ्य परीक्षणका लागि खटिएका व्यक्ति

सङ्क्रमण फैलन नदिनका लागि गत ज्यानुअरी २३ तारिखमा हुबे प्रान्तका विभिन्न सहरहरूमा यातायात बन्द गरिएपछि उनीहरू आफ्नै कोठामा बन्द हुन पुगेका थिए।

तीनसाता पछि विश्वविद्यालय बाहिर निस्केर विमानस्थलतर्फ जाने क्रममा ती विद्यार्थीहरूले लिएका तस्बिर र भिडिओ बीबीसीलाई पठाएका छन्।

तस्वीर कपीराइट COURTESY: Dr. Jeet Singh Bhandari
Image caption बसबाट विमानस्थलतर्फ जाँदै गरेका नेपालीहरू
तस्वीर कपीराइट COURTESY: Dr. Jeet Singh Bhandari
Image caption विमानस्थलको प्रवेशद्वारमा नेपालीहरू
तस्वीर कपीराइट COURTESY: Dr. Jeet Singh Bhandari
Image caption विमानस्थल पुगेपछि...
तस्वीर कपीराइट COURTESY: Dr. Jeet Singh Bhandari
Image caption वुहानमा हिउँ परिरहेको थियो...

तस्बिर तथा भिडिओ: डा. जीतसिंह भण्डारी-डा. अमीत श्रीवास्तव

सम्बन्धित सामग्री