कोरोना भाइरस: बेलायती राजकुमारीले पाँचौँ जन्मदिनमा के गरिन्

राजकुमारी शार्लट

तस्बिर स्रोत, The Duchess of Cambridge

बेलायती राजकुमारी शार्लटले पाँचौँ जन्मदिनको अवसरमा सार्वजनिक गरिएका तस्बिरहरूमा उनले कोरोनाभाइरस महामारीका कारण समस्यामा परेका परिवारलाई घरमै बनाइएका खानेकुरा बाँड्दै गरेको देखिएको छ।

उनले आफ्नो परिवारलाई नोर्फक क्षेत्रका वृद्ध र कमजोर मानिसहरूको घरमा खानेकुरा पुर्‍याउन सहयोग गरेकी छन्।

एउटा तस्बिरमा उनी घरमा बनाइएको पास्ताको पोको हातमा लिएर ढोकामा उभिएकी देखिन्छन्।

सार्वजनिक गरिएका चारवटा तस्बिर एप्रिलमा उनको आमा ड्चेज अफ क्याम्ब्रिजले खिचेकी हुन्। ड्चेज अफ क्याम्ब्रिज सोखिन फोटोग्राफर हुन्।

खानेकुरा बाँड्ने काममा शार्लट, उनका बावुआमा र भाइहरू सहभागी भएको बताइएको छ।

उनीहरूले आफ्नो निवास एन्मर हलनजिकै महारानीको स्यान्ड्रिङ्गम आवास परिसरमा खानेकुरा बाँडेको अनुमान गरिएको छ।

राजपरिवारले घरमा घण्टौँ लगाएर ती खानेकुरा बनाएको बताइएको छ।

तस्बिर स्रोत, The Duchess of Cambridge

तस्बिर स्रोत, The Duchess of Cambridge

तस्बिर स्रोत, The Duchess of Cambridge

शार्लट लन्डनमा सन् २०१५ मे २२ मा जन्मिएकी थिइन।

गत पाँच साता बेलायती महारानीको स्यान्ड्रिङ्गम आवास परिसरका कर्मचारीहरूले खानेकुरा बनाएर स्थानीय क्षेत्रका वृद्ध र कमजोर मानिसहरूलाई बाँडेको बकिङ्घम प्यालेसले जनाएको छ।

पहिलो साता मात्रै १,००० जनालाई खानेकुरा बाँडिएको बताइएको छ।