कोरोना भाइरस नेपाल: थपिए २१३ जना नयाँ सङ्क्रमित

स्वाब सङ्कलन

तस्बिर स्रोत, RSS

गत चौबिस घण्टामा देशभरि थप २१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

अब नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाको कुल सङ्ख्या ३,४४८ पुगेको छ।

तीमध्ये १३ जनाको मृत्यु भएको छ।

निको हुने पनि बढे

नयाँ सङ्क्रमण भेटिने क्रमका साथै निको हुने सङ्ख्या पनि बढिरहेको छ। हालसम्म ४६७ जना निको भएको बताइएको छ।

वितेको चौबिस घण्टामा थप १०२ जना निको भएका छन्।

मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

शनिवार ३२३ जनामा सङ्क्रमण पाइएको थियो।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण. १० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम. गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या .

सङ्क्रमित कहाँ कहाँ?

हालसम्म सबभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएको छ। त्यहाँ ११६१ सङ्क्रमित पाइएको छ।

त्यसपछि प्रदेश ५ मा १०८१ जनामा सङ्क्रमण पाइएको छ।

कर्णाली प्रदेशमा ६३३ जना सङ्क्रमित पाइएका छन् भने प्रदेश १ मा २५९; वाग्मती प्रदेशमा ९२; गण्डकी प्रदेशमा १११; र सुदुरपश्चिम प्रदेशमा १११ जनामा सङ्क्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

जेठ २७ गते मङ्गलवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ४,०८५कुल सङ्क्रमण

  • ७१प्रभावित जिल्ला

  • पीसीआर विधिबाट कुल परीक्षण १,१४,३३१

  • चिकित्सकीय निगरानीमा अलग्गै३,४८७

  • देशभरि क्वारन्टीनमा१,६२,७७५

  • अहिलेसम्म निको५८४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सक्रिय सङ्क्रमितको सङ्ख्या कहाँ कति?

हालसम्म कुल सङ्क्रमित ३४४८ भएपनि निको भएका ४६७ र ज्यान गुमाएका १३ जना घटाउँदा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६८ हुन आउँछ।

सक्रिय सङ्क्रमितहरू सबभन्दा धेरै प्रदेश २ मा ९७४ जना रहेका छन्।

दोस्रो सर्वाधिक सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश ५ मा ९४४ जना रहेका छन्।

त्यस्तै कर्णाली प्रदेशमा ६२१ जना; प्रदेश १ मा १६८ जना; गण्डकी प्रदेशमा १०८ जना; सुदुरपश्चिम प्रदेशमा ९६ जना तथा वाग्मती प्रदेशमा ५७ जना रहेका छन्।

कति भए परीक्षण?

हालसम्म पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि ९६,२०५ परीक्षण भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका छन्।

तस्बिर स्रोत, RSS

गत २४ घण्टामा मात्र ३,७२८ परीक्षण गरिएको बताइएको छ।

अहिले देशभरि १,७०,७३२ भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक (६३,००० भन्दा बढी) र त्यसपछि क्रमश: प्रदेश नं ५ (झन्डै ४०,०००), कर्णाली प्रदेश (३२,००० भन्दा बढी) र प्रदेश नं २ (२२,००० भन्दा बढी)मा धेरै सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

रोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९ बाट प्रभावित जिल्लाको सङ्ख्या ७१ पुगेको छ।