कोरोना भाइरस नेपाल: ३२३ सङ्क्रमित थपिए, कुल सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो

प्रा. डा. जागेश्वर गौतम

तस्बिर स्रोत, .

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप एक जनाको मृत्युको पुष्टि गरेको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४,०८५ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन्।

मङ्गलवार थपिएका सङ्क्रमितहरूमध्ये ३१ जना महिला रहेका छन्।

हालसम्म नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या १५ र निको हुनेको सङ्ख्या ५८४ छ।

चितवनमा एकको मृत्यु

चितवनको भरतपुर उपमहानगरपालिका ११ का एक पुरुषको निधन भएको गौतमले बताएका छन्।

मृतकलाई निमोनिया भएको र उच्च रक्तचाप एवम् मधुमेह रहेको गौतमले बताएका छन्।

निजलाई सोमवार बेलुकी परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको र आज मङ्गलवार बिहान मृत घोषित गरिएको गौतमले बताए।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये प्रदेश नं २ का ५४ जना रहेको छ।

तीमध्ये सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जना रहेका छन्।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण. गत १० दिनको सङ्क्रमण पुष्टि हुने क्रम. गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या .
coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

जेठ २७ गते मङ्गलवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ४,०८५कुल सङ्क्रमण

  • ७१प्रभावित जिल्ला

  • पीसीआर विधिबाट कुल परीक्षण १,१४,३३१

  • चिकित्सकीय निगरानीमा अलग्गै३,४८७

  • देशभरि क्वारन्टीनमा१,६२,७७५

  • अहिलेसम्म निको५८४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय