आत्महत्या रोकथाम गर्न 'अरूका कुरा सुनौँ र आफ्ना कुरा अरूलाई सुनाऔँ'

आत्महत्या रोकथाम गर्न 'अरूका कुरा सुनौँ र आफ्ना कुरा अरूलाई सुनाऔँ'

उमेरले ५० पुगेका गोर्खाका मातृका देवकोटा विगत दुई दशकयता आत्महत्या न्यूनीकरण अभियानमा सक्रिय रहेको बताउँछन्।

उनी कलिलै उमेरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित भए। डिप्रेशनका कारण झन्डै २२ वर्षअघि आफूले आत्महत्या प्रयास गरेको उनी बताउँछन्।

भाग्यवश आफू बाँचेको बताउने उनी आत्महत्याको सोच आएमा मनका कुरा सुनिदिने वा सुनाउने वातावरण बनाउनुपर्ने बताए।

नेपालमा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका अनुसार गत २०७६ चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनपछि २०७७ श्रावण ४ गतेसम्म २,२१८ जनाले आत्महत्या गरेका छन्।

तीमध्ये ८११ महिला र २३५ बालबालिका पनि भएको प्रहरीको तथ्याङ्क छ। आत्महत्या रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा देवकोटासँग गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।