कोरोना भाइरस नेपाल: १,२४६ सङ्क्रमित थपिए, चार जनाको मृत्यु

तस्बिर स्रोत, GETTY CREATIVE
बिहीवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,२४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा चार जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५९,५७३ पुगेको छ।
सरकारका अनुसार अहिलेसम्म ३८३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
अहिले देशभरि १६,२४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,९०३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।
त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
काठमाण्डू र चितवनमा सबैभन्दा बढी थपिए
सङ्क्रमितमध्ये ४२८ अर्थात् एक तिहाइभन्दा बढी महिला छन्। केही सातादेखि सङ्क्रमण भएका महिलाको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ।
सबैभन्दा बढी काठमाण्डू जिल्लामा ५०७ जना सङ्क्रमित थपिएका हुन्।
भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी काठमाण्डू उपत्यकाका जिल्लामा ६१८ जना थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
चितवनमा १०१ जना सङ्क्रमित थपिएका छन्।
त्यसैगरी सुनसरीमा ५४, मोरङमा ९४ र मकवानपुरमा ६३, जनामा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मृतक कुन जिल्लाका?
बुधवार मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष रहेका छन्।
काठमाण्ठूमा ८७ वर्षीय पुरुषको मृत्यु भएको हो भने मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो।

के छ अरू तथ्याङ्क?
बिरामीमध्ये १८२ जना सघन उपचार कक्षमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन्।
विगत २४ घण्टामा १०,६४१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।
डा. गौतमका अनुसारसो अवधिमा सङ्क्रमितमध्ये थप १,२४३ जना कोभिड-१९ मुक्त भएका छन्। निको हुनेको कुल सङ्ख्या ४२,९४९ पुगेको छ।
अहिलेसम्म ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।
कोरोनाभाइरसबारे थाहा भएका पाँच कुरा


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
