कोरोना भाइरस नेपालः सार्वजनिक यातायात व्यवसायीले 'लागु गरेनन् स्वास्थ्य मापदण्डका नियम'

कोरोना भाइरस नेपालः सार्वजनिक यातायात व्यवसायीले 'लागु गरेनन् स्वास्थ्य मापदण्डका नियम'

कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहँदा गत असोज १ गतेदेखि पुनः सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा नगरेको यात्रु तथा सम्बद्ध विज्ञहरूले बताएका छन्।

व्यवसायीहरूसँगको सहमतिमा यातायात व्यवस्था विभागले तोकेका नियमको कार्यान्वयन तथा अनुगमन प्रभावकारी नभएको उनीहरूको गुनासो छ।

ट्राफिक प्रहरीले भने आफ्नो एकल प्रयासमा अनुगमन सम्भव नभएकोले नागरिकस्तरबाट समेत सहयोग हुनुपर्ने तर्क गरेको छ।

सवारीसाधनमा स्यानिटाइजरको व्यवस्था, यात्रुबीचको दूरी कायम, सीट क्षमताको आधा मात्र यात्रु राख्ने, एक लहरमा मात्र बस्नुपर्ने, झ्याल खोलेर चलाउनुपर्ने लगायतका नियम अगाडि सारेको थियो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।