बन्दी महिलाको जबरजस्ती 'कौमार्य परीक्षण'

बन्दी महिलाको जबरजस्ती 'कौमार्य परीक्षण'

यो एनिमेशन भिडिओमा एक महिलाले आफूलाई बन्दी बनाइँदा कसरी 'कौमार्य परीक्षण' गर्न बाध्य पारियो भनेर बताएकी छन्।

कुनै महिलाले यौन सम्पर्क गरेकी छन् कि छैनन् भनेर जाँच्न प्रयोग गरिने कथित "भर्जिनिटी टेस्ट"को कुनै वैज्ञानिक आधार छैन। तर संयुक्त राष्ट्रसङ्घका अनुसार २० वटा देशमा उक्त परीक्षण हुने गरेको छ।

बीबीसी अरेबिकलाई इजिप्टकी एक भूतपूर्व राजनीतिक बन्दीसँग कुरा गरेर उनलाई जेलमा राखिँदा गरिएको दुर्व्यवहारबारे बताएकी छन्।

उनको सुरक्षाका लागि ती महिलाको नाम परिवर्तन गरिएको छ।