विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा नेपाली कीर्तिमान

विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा नेपाली कीर्तिमान

नेपाली पर्वतारोहीको एउटा टोलीले हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा पहिलो पटक आरोहण गरेर कीर्तिमान कायम गरेको छ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक निर्मल पुर्जाका अनुसार स्थानीय समयानुसार शनिवार बेलुकी ५ बजे १० जनाको टोलीले शिखर आरोहण गरेको हो।

विश्वभरिका आरोहीहरूले ३० वर्षदेखि हिउँदमा उक्त ‘बर्बर हिमाल’ आरोहण गर्न असफल प्रयास गरेका थिए।

पाकिस्तान-चीन सीमामा अवस्थित केटुबाट बीबीसीका पाकिस्तान संवाददाता सिकन्दर केर्मानीसँग गरेको कुराकानीमा आधारित एक भिडिओ सामग्री।