हात्तीका ३० हजार ‘सेल्फी’ले कसरी जीवन बचाउन सहयोग गर्लान्
हात्तीका ३० हजार ‘सेल्फी’ले कसरी जीवन बचाउन सहयोग गर्लान्
लन्डनस्थित 'जेडएसएल ह्विपस्नेड जू' अर्थात् चिडियाखानाका कर्मचारीले त्यहाँका हात्ती खेल्दा, खाँदा र यताउता डुल्दाका अहिलेसम्मकै विश्वका सबभन्दा धेरै सङ्ख्यामा थर्मल तस्बिर सङ्कलन गरेका छन्।
ती ३० हजार ‘सेल्फीहरू’ प्रयोग गरेर नयाँ प्रविधि विकास गरिँदैछ।
जङ्गलमा रहेका हात्तीहरू मानिसका घरसम्म नपुगून् अनि हात्ती र मान्छेबीचको द्वन्द्वमा ज्यान नजाओस् भनेर यो प्रविधि विकास भइरहेको हो।