नेपाल गैँडा गणना: एक कर्मचारी भन्छिन्, ‘खोज्दाखोज्दै झाडीमै हराइन्छ’

नेपाल गैँडा गणना: एक कर्मचारी भन्छिन्, ‘खोज्दाखोज्दै झाडीमै हराइन्छ’

नेपालमा चैत्र ९ गतेदेखि गैँडा गणना सुरु भएको छ। तर त्यो काम जोखिमपूर्ण र खर्चिलो भएको सम्बद्ध कर्मचारीले बताएका छन्।

गैँडा गन्न गएका मानिसहरू कहिलेकाहीँ जङ्गलमा फस्ने वा हराउने गरेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी तथा गैँडा गणक कौशिला मोक्तान बताउँछिन्।

अहिलेको गणनामा सुरक्षाकर्मी र प्राविधिकसहित २०० जना तथा ४० वटा हात्ती खटिएका छन्। गैँडा गणनामा सहभागी कर्मचारीको बीमा समेत गरिएको छ।

सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ वटा गैँडा थिए। तर त्यसयता कम्तीमा १६१ वटा गैँडाको विभिन्न कारणले मृत्यु भएको बताइन्छ।

पर्सा र चितवनका अतिरिक्त बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि चैत्र अन्त्यसम्म गणना कार्य जारी रहनेछ।

गैँडा गणनाको लागि एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान छ। चितवनबाट ईश्वर जोशीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि