कोभिड नेपाल: थप ७९ सय जनामा कोरोना भाइरस सङ्क्रमण, १९३ जनाको मृत्यु

परीक्षण

तस्बिर स्रोत, Reuters

नेपालमा थप ७,९१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा ७,६६४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार अपराह्ण बताए।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

डा. गौतमका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाण्डूमा १,७६१ गरी कुल २,८२१ जना कोभिड पुष्टि भएको हो।

तस्बिर स्रोत, EPA

मन्त्रालयले सार्वजनिक गरिएको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन विधिबाट ९३१ वटा तथा पीसीआर विधिबाट झन्डै १९,००० वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा पीसीआर विधिबाट कोभिड पुष्टि हुनेको सङ्ख्या ७,५९८ छ।

मन्त्रालयका अनुसार अहिले देशभरि १,१५,५४७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १,०८,०० भन्दा केही बढी घरमै छन् भने ७,३४९ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा ६,३४६ जनाको कोभिडका कारण मृत्यु भएको छ भने सङ्क्रमितको कुल सङ्ख्या ५,१३,००० नाघेको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,७२१ जना आईसीयूमा ४८४ जना भेन्टिलेटरमा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

नेपालगन्ज शिक्षण अस्पतालमा कोभिडका बिरामीको उपचार कसरी भइरहेको छ?

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

के छ भारतको स्थिति?

दक्षिणी छिमेकी भारतको आइतवार बिहानसम्मको तथ्याङ्कका अनुसार त्यहाँ अहिले २८ लाखभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

मृत्यु हुनेहरूको कुल सङ्ख्या तीन लाख पुग्न लागेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा २.६५ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

त्यहाँ अहिलेसम्म १९ करोड मात्राभन्दा बढी खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’