अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार

अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार

फ्रान्समा एक रोबटिक्स इन्जिनियर पिताले आफ्ना छोराको अनुरोधमा शारीरिक अपाङ्गताका कारण ह्वीलचेअरमा बस्न बाध्य मानिसलाई आफैँ हिँड्न सघाउने एउटा विशेष खालको परिधान बनाएका छन्।

उनका १६ वर्षे छोरा पहिला एक्लै हिँडडुल गर्न सक्दैनथे। तर अहिले उनी शरीरमा जडित रोबटलाई आदेश दिएर अरूको सहायताबिना हिँडडुल गर्छन्।

जाँ-लुई कोन्स्टान्जाले त्यस्तो परिधान बनाउने कम्पनी नै स्थापना गरेका छन्।

केही देशका अस्पतालमा त्यस्तो यान्त्रिक परिधान प्रयोग गरेर बिरामीलाई दिनको केही घण्टा सीधा हिँडाइन्छ।

तर यो त्यति सर्वसुलभ भइसकेको छैन। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि