साताका तस्बिरः काबुल छोड्ने अन्तिम अमेरिकी सैनिकदेखि डाइनसोरको खप्परसम्म
गत साता संसारभरि भएका केही विभिन्न महत्त्वपूर्ण घटनासँग सम्बन्धित तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, US Central Command / Getty Images
अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकः काबुलबाट अमेरिकी फर्किन लागेको एउटा सैन्य विमानमा चढ्न जान लाग्दै मेजर जेनरल क्रिस डोनह्यू। अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षे सैन्य अभियान अन्त्य गर्दै आफ्नो सेना फिर्ता गरेको हो
तस्बिर स्रोत, Wakil Kohsar / AFP
अमेरिकी सेना स्वदेश फर्किएपछि काबुल विमानस्थलमा अफगान वायुसेनाको एउटा विमानभित्र तालिबान लडाकुहरू
तस्बिर स्रोत, Tom Nicholson / Reuters
बेहुलीको भेषमा विरोधः लन्डनमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धित विरोधप्रदर्शनमा सहभागी एक महिला प्रहरीको भ्यानमा
तस्बिर स्रोत, Ed Jones / AFP
समुद्री आँधी आइडाका कारण अमेरिकाको ठूलो वर्षा भएपछि न्यूयोर्क बाढीबाट प्रभावित भयो। अमेरिकाको पूर्वी भागमा उक्त समुद्रीको प्रकोपमा धनजनको क्षति भएको छ
तस्बिर स्रोत, ESA/NASA
अन्तरिक्षबाट समुद्री आँधी आइडा यस्तो देखियो। अगस्ट २९ मा युरोपेली अन्तरिक्षयात्री टमस पेस्क्वेस्टले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट यो तस्बिर खिचेका हुन्
तस्बिर स्रोत, NABIN LAMICHHANE / RSS
नेपालको मनाङ जिल्लाको चामे गाउँपालिकामा कोतोमा रहेको झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस भएपछि स्थानीयवासीहरू नारफू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुल प्रयोग गर्न बाध्य छन्
तस्बिर स्रोत, Josh Edelson / AFP
क्यालिफोर्नियाको ट्विन ब्रिजेजमा सीएरा-एट-टाहो डढेलोको प्रकोपमा परेको छ। अहिले क्यालिफोर्नियाको ठूलो क्षेत्रमा डढेलो फैलिएकाले ३,५०० जनाभन्दा बढी अग्निनियन्त्रकलाई डढेलो निभाउन परिचालित गरिएको छ
तस्बिर स्रोत, Yasuyoshi Chiba / AFP
अमेरिकाका म्याट स्ट्ट्जम्यान टोक्यो पारालिम्पिक गेममा आर्चरी खेलमा सहभागी हुँदै। उनका दुवै हात छैनन्
तस्बिर स्रोत, Kevin Frayer / Getty Images
चीनको बेइजिङमा सङ्कलन गरिएका ई-बाइक र स्कूटरहरू रिसाइकल गर्न लैजान आफ्नो तीनपाङ्ग्रे गाडीमा मिलाएर राख्दै एक व्यक्ति
तस्बिर स्रोत, Zohra Bensemra / Reuters
सेनगलको ट्येसमा केराको पात च्यातेर गुँड बनाउन लैजान खोज्दै एउटा चरो
तस्बिर स्रोत, Christophe Archambault / AFP
एउटा निजी सङ्ग्रहालयभित्र झन्डै ६.६ करोड वर्ष पुरानो ट्राइसेराटप्स प्रजातिको एउटा डाइनसोरको खप्पर लग्दै कर्मचारीहरू। त्यहाँ उक्त भीमकाय प्राचीन जीवको पूरै अस्थि प्रदर्शन र लिलाम गर्न लागिएको छ। खप्परमा लागेको चोटले उक्त जीवको अर्को सानो ट्राइसेराटप्ससँग लडाइँ भएको सङ्केत गर्छ।
सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित छ