भारतकी हरनाज सन्धू बनिन् मिस यूनिभर्स
पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन्।

तस्बिर स्रोत, EPA
भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ का उपाधि जितेकी छन्। सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्।
तस्बिर स्रोत, Reuters
लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो।
तस्बिर स्रोत, Reuters
मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्।
तस्बिर स्रोत, EPA
इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो।
तस्बिर स्रोत, Reuters
हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्।
तस्बिर स्रोत, Reuters
पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।
तस्बिर स्रोत, Reuters
मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिइन्।
तस्बिर स्रोत, Reuters
प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई 'वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?' भनेर सोधिएको थियो।
तस्बिर स्रोत, Reuters
उत्तर दिँदै हरनाज सन्धुले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताएकी थिइन्। 'बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु।'
तस्बिर स्रोत, Reuters
टप फाइभ राउन्डमा उनलाई जलवायु परिवर्तनसम्बन्धी प्रश्न सोधिएको थियो। 'धेरै मानिसलाई जलवायु परिवर्तन मिथ्या हो भन्ने लाग्छ। तपाईँ उनीहरूलाई सम्झाउन के गर्नुहुन्छ?'
तस्बिर स्रोत, Reuters
उत्तर दिँदै उनले प्रकृतिमा आएको सङ्कट देख्दा आफ्नो मन दुख्ने गरेको भन्दै अनुत्तरदायी व्यवहारका कारण त्यसो भएको बताइन्। यो समय कुरा कम र काम बढी गर्ने भएको आफूलाई लागेको बताउँदै उनले प्रकृतिले मात्र हामीलाई जोगाउन सक्ने वा नष्ट गर्न सक्ने धारणा राखिन्। 'रोकथाम र सुरक्षा गर्नु पछुताउनु वा मर्मत गर्नुभन्दा राम्रो हो।'
तस्बिर स्रोत, EPA
मिस कोलम्बिया (बायाँ) र मिस आर्मिनिया (बीच) सँग भारतकी हरनाज सन्धू।
तस्बिर स्रोत, Reuters
यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए।