कबाबको अन्तरिक्ष यात्रा: टर्कीको रेस्टुरेन्ट व्यवसायीको झण्डै पूरा भएको सपना
कबाबको अन्तरिक्ष यात्रा: टर्कीको रेस्टुरेन्ट व्यवसायीको झण्डै पूरा भएको सपना
दक्षिणी टर्की अडानाका एकजना कबाब व्यवसायीले कबाबलाई अन्तरिक्षमा पठाउने प्रयत्न गरे।
उनको लक्ष्य साधारण थियो- उनी अन्तरीक्षमा कबाब पठाउने टर्कीका पहिलो व्यक्ति बन्न चाहन्थे।
आइडिन र उनको समूहले हिलिअम बलुन भित्र कबाब राखेर अन्तरिक्षमा पठाउने प्रयत्न गरे।
त्यो कहाँ पुग्छ भन्ने पत्ता लगाउन उनीहरूले जीपीएस ट्र्याकिङ प्रयोग गरेका थिए।
तर टर्कीको निकै लोकप्रिय खाना कबाबको अन्तरिक्ष यात्रा आकाशमै सीमित बन्न पुग्यो।
३०देखि ४० किलोमिटर उचाइमा पुगेपछि उक्त बलुन फुट्यो र कबाब समुन्द्रमा खस्यो।
पछि उनीहरूले समुन्द्रमा खसेको कबाब निकाल्न सफल पनि भए।