तीनबुँदे सहमति पालना गर्न माओवादीमाथि दबाब

  • 4 जुलाई 2010
माधवकुमार नेपाल
Image caption प्रधानमन्त्रीले राजिनामा दिएपछि सहमति कार्यान्वयन गर्न माओवादीमाथि दबाब बढेको छ

सत्ताधारी नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बन्नको निम्ति प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले सबभन्दा पहिले शान्ति प्रक्रियासँग गाँसिएका बाँकी कामहरु टुङ्ग्याउन सहमत हुनु पर्नेमा पुन: जोड दिएका छन्।

आफ्नो पक्षमा समर्थन जुटाउन माओवादीले पहल थालेपछि प्रमुख सत्ताधारी दलहरुले माओवादीलाई उस्ले पुरा गर्नु पर्ने शर्त पालना गर्न दबाब बढाउने संकेत दिएका हुन्।

प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै राष्ट्रपतिले एक साता भित्र राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई आग्रह गरेको थिए।

तर चार दिन बितिसक्दा पनि बेलैमा राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै संकेत मिलेको छैन।

प्रमुख शर्त

आइतबार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु सामेल एउटा वैठकपछि, नेपाली कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले, माओवादीले जेठ १४ गतेको तीनबुँदे सहमतिको पहिलो बुँदा कार्यान्वयन नगरेसम्म उस्को नेतृत्व स्वीकार्न आफूहरुलाई गार्‍हो हुने बताए।

“बाह्रबुँदे सहमति देखि अहिलेसम्म उहाँहरुले एउटा पनि सहमति पालना गर्नु भएको छैन, त्यसैले ।”

सोही वैठकमा सहभागी नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पनि माओवादीले तीनबुँदे सहमतिको पहिलो बुँदा अबिलम्ब पुरा गर्नुपर्नेमा जोड दिए।

“सो बुँदामा उल्लेख भएअनुसार शान्ति प्रक्रियाका सबै बाँकी कामहरु पुरा गर्न उहाँहरु तयार भएको खोइ?”

अडान हामी माओवादीहरुलाई सहमति कार्यान्वयन गर्न आव्हान गर्दछौं रामचन्द्र पौडेल

प्रधानमन्त्री नेपालले राजिनामा दिएलगत्तै आफ्नो नेतृत्वमा सहमतिय सरकार बनाउन हौसिएका देखिने एकीकृत माओवादीका नेताहरुले सहमतिको सरकार बनेपछि, शान्ति प्रक्रियासँग जोडिएका सबै बाँकी काम पुरा गर्न सकिने अभिव्यक्ती दिएका थिए।

तर माओवादीले पहिले आफ्नो दायित्व पुरा गर्नु पर्छ भन्ने प्रमुख सत्ताधारी दलहरुको सशक्त अडानले माओवादीले बनाउन चाहेको बाटोमा तगाराहरु तेर्स्याउने निश्चित छ।