आर्थिक संकटबाट विपी स्वास्थ्य प्रतिष्ठान प्रभावित

  • 7 जुलाई 2010
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा
Image caption विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खर्च अभावले तलब खुवाउन मुस्किल परिरहेको छ

सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई उपलब्ध गराउनु पर्ने वजेट घटाएका कारण प्रतिष्ठानमा आर्थिक संकट उत्पन्न भएको अस्पताल प्रसासनले बताएको छ।

राजनैतिक अस्थिरताका कारण प्रतिष्ठानमा २०६३/६४ सालमा कूलपति, कूलसचिव, शिक्षाध्यक्ष र अस्पताल निर्देशकका पदहरू खालि रहेका कारण सरकारले छुट्टाएको वजेट प्रतिष्ठानमा खर्च हुन सकेको थिएन।

त्यतिबेलाको बजेट खर्च नभएकोले सरकारले एक्कासी बजेट घटाइदिएको थियो।

अहिले भने ती चारैवटा पद पुर्ति भएका छन्, जसले गर्दा बजेटको अभाव हुन गएको छ

तलब संकट

वजेट अभावका कारण अस्पतालमा भएका पुराना मेसीन मर्मत गर्न समस्या हुनका साथै नयाँ मेसीन खरिद समेत गर्न नसक्दा विरामीलाई स्तरीय स्वास्थ्य सेवा दिन नसकेको प्रतिष्ठानका कूलसचिव नन्दकुमार थापाले बताए।

उनले सरकारले सन्चालन गर्ने हो भने सहयोग गर्नु पर्ने अन्यथा निजीरुपमा जाने हो भने त्यसै अनुरूपको नीति ल्याउनु पर्नेमा जोड दिए।

यो आर्थिक वर्षका लागि प्रतिष्ठानले एक अर्व ११ करोड रूपैयाँको वजेट वनाएको छ, जसमध्ये ५० प्रतिशत सरकारसँग माग गरिएको छ।

देशकै सबभन्दा धेरै स्यास्थ्य जनशत्ति उत्पादन गर्ने प्रतिष्ठानमा अहिले प्राध्यापक तथा कर्मचारीहरूले समयमा तलव पाउन सकेका छैनन्।

प्रतिष्ठानको अवस्था सुधार गर्न सघाउन माग गर्दै धरानको नागरीक समाज, राजनैतिक पार्टिका प्रतिनिधि र अस्पताल प्रशाशनका पधाधिकारीहरु योजना आयोग, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालय धाइरहेको प्रतिष्ठानले जानकारी दिएको छ।

ब्रिटिसको भर्ति केन्द्रका रुपमा स्थापना भएको घोपा क्याम्पका नामले परिचित प्रतिष्ठान २०५५ सालदेखि विश्वविद्यालयका रुपमा सन्चालित छ।

प्रतिष्ठानमा देश, विदेशका करिव १,१०० सय विद्यार्थिहरुले अध्यायन गरिरहेका छन्।