पाकिस्तानमा बम बिष्फोट: १५को मृत्यु

  • 19 जुलाई 2010
pakistan explosion
Image caption पाकिस्तानमा केही साता यता उग्रवादी हमलाको श्रृंखला बढेको छ।

स्थानीय अधिकारीहरुका अनुसार महिलासहितको उक्त समूह एउटा सानो गाडीको टोलिमा कुर्रम आदीवासी क्षेत्र हुँदै पेशावर जाँदै थियो।

परिचय नखुलेका सशस्त्र मानिसहरुले लुकेर एक्कासी हमला गरेका थिए। उनीहरुले गोलि हानेर भागेका थिए।

मारिएका सबै सिया मुसलमान भएको विश्वास गरिएको छ।

कानूनको राज नभएको र सुनी समुदायको बाहुल्य भएको उक्त क्षेत्रमा सिया समुदायमाथि अक्सर हमला हुने गरेको छ।

खतरनाक

कुर्रम र पेशावरबीचको सडक हमलाका लागि खतरनाक हुँदै गएकोछ।

उक्त सोझो बाटोको यात्रा केही घण्टामै पूरा गर्न सकिन्छ।

उक्त सडक नियन्त्रणमा लिन सुरक्षा फौजले धेरैपटक कोशिश गरिसकेको छ।

तर उग्रवादी हिंसा जारी छ।

त्याहाँ पाकिस्तानी फौज र सिया समुदयामाथि हुने गरेको छ।

अहिले धेरै सर्वसाधारण त्यो बाटो छल्न खोज्छन।

यात्रा

उनीहरुले अर्कै लामो बाटो हिंडने गर्छन।

त्यसरी उनीहरु लामो र खतरनाक पनि हुन सक्ने यात्रा पार गर्दै सीमापारी अफगानिस्तान जान्छन।

एक हप्ता अघिमात्र अफगानिस्तानको पक्टिया प्रान्ततिरको अर्को बाटो हुँदै यात्रा गरिरहेको एउटा समूहमाथि हमला हुँदा ११ जना पाकिस्तानीहरु मारिएका थिए।