अस्तव्यस्त फोहोर

  • 17 अगस्ट 2010
फोहोरको सफाई
Image caption गतिलो व्यवस्थापनको अभावमा उपत्यकाको फोहोर सडक र गल्लीहरुमा असरल्ल हुन्छन्

राजधानी काठमाण्डौं लगायतका शहरहरु एवं छेउछाउका गाउँहरुसमेत गरेर उपत्यकाले दैनिक ८०० टन अर्थात आठ हजार बोरा फोहोर निकाल्छ।

ती फोहोरको व्यवस्थापनमा भद्रगोल छ।

कुहिने र नकुहिने फोहोर छुट्ट्याउन मात्रै सकेपनि दुई तिहाई समस्या समाधान हुने बताईन्छ।

तर त्यति हुन नसक्दा सरकारले हाल अपनाएको ल्याण्डफिल साइटमार्फत फोहोर तह लगाउने तरीका असफल भएको छ।

वर्षौं टिक्ने भनी बनाईएका ती साइट समयभन्दा चाँडैनै भरीइसकेका छन्।

नछुट्ट्याइकनै र विना कुनै प्रशोधन सीधै फोहोर फालिंदा ती साइट वरपरका बासिन्दाहरुको बिजोग छ।

समस्याको स्थायी समाधानको निम्ति सरकारले निजी क्षेत्रलाई सामेल गरेर एकिकृत व्यवस्थापनको नौलो उपाय अघि सारेको छ।

फोहोर व्यवस्थापनका विभिन्न पाटाहरु समेटेर बीबीसी नेपाली सेवाका सञ्जय ढकालले तयार गरेको नयाँ श्रृंखला सुन्नका लागि तलका लिंकहरुमा क्लिक गर्नुहोस्:

फोहोरको भद्रगोल-16.08.10

ल्यान्डफिल साइटको विजोग-17.08.10

मारमा परेका ल्यान्डफिल साइटका बासिन्दा-19.08.10

फोहोर ब्यवस्थापन प्रयास-20.08.10