संविधान यात्रा

  • 6 सेप्टेम्बर 2010
संविधान सभा भवन
Image caption दुइवर्षे कार्यकालमा संविधान सभाको करिब १०० वटा पूर्ण बैठक बसेको थियो

पूर्व निर्धारित कार्यकाल अर्थात दुइ वर्ष भित्र संविधान लेख्न नसकेर थपिएको एक वर्षको दोश्रो कार्यकालको तीन महिना वित्न लागेको छ।

तर संविधान लेखन अगाडि बढ्न नसक्दा कतिपयले यसको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन्।

के संविधान सभाको अहिलेसम्मको यात्रा खेर गएको हो?

कि संविधान सभाले गरेका कतिपय काम कुरा ओझेलमा परेका छन्?

संविधान सभामा पुगेका ६०१ जना सभासदले दुई वर्ष भन्दा केही बढि समयमा गरेका काममा आधारित भएर त्यसको उपलब्धी र अबको चुनौति केलाउने सिलसिलामा बीबीसी नेपाली सेवाकी रमा पराजुलीले तयार पारेको संबिधान सभा सम्बन्धी श्रृंखला सुन्न तलका लिंकहरुमा क्लीक गर्नुहोस्:

संविधान सभामा प्रतिनिधित्वको प्रश्न-30.08.10

विदेश भ्रमण र संविधान शिक्षा-31.08.10

विश्वमा संविधान सभा-01.09.10

संविधान सभा संचालन खर्च-02.09.10

संविधान सभा र नयां संविधान-03.09.10

नयाँ संविधानमा विवादित विषय-04.09.10