संविधानसभाको म्याद तीन महिना थप

  • 29 अगस्ट 2011
संविधानसभा
Image caption यसअघिको जस्तो तनाव बिना नै यस पटक संविधानसभाको म्याद थपिएको छ

संविधानसभाको म्याद तेश्रो पल्ट तीन महिना फेरि थपिएको छ।

सोमबार बसेको संविधानसभाको बैठकले अन्तरिम संविधानमा संशोधन गरी संविधानसभाको म्याद थप्ने निर्णय गरेको थियो।

यसअघि थपिएको तीन महिने आयु संविधानसभाको बैठक एक पल्ट पनि नबसी बुधबार सकिँदै थियो।

म्याद थप्ने क्रममा कतिपय दल र नेताले थप समयमा पनि संविधान लेखिनेमा शंका व्यक्त गरेका छन्।

म्याद थप्ने क्रममा कतिपय दल र नेताले थप समयमा पनि संविधान लेखिनेमा शंका व्यक्त गरेका छन्।

म्याद थप

सरकारको नेतृत्व गर्न पुगेको माओवादी संविधानसभाको म्याद छ महिना थप्ने पक्षमा थियो।

तर प्रधानमन्त्री र उपप्रधानमन्त्रीले सपथ लिएपछि दुई सदस्यीय मन्त्रिपरिषदको पहिलो बैठकले प्रतिपक्षी दलहरुको भावना अनुसार तीन महिना कार्यकाल बढाउने निर्णय गरेको हो।

त्यसपछि नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पूर्ववर्ती मन्त्रिपरिषद बैठकको निर्णय अनुसार दर्ता गरिएको संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गरेका थिए।

ताजा चुनावको माग गरिरहेको राष्ट्रिय प्रजातन्त पार्टी नेपालका सभासदहरुले भने संसोधनको विपक्षमा मतदान गरेका थिए।

सो प्रस्ताव माथिको छलफलका क्रममा म्याद थप्न सघाएका सांसदहरुले पनि असन्तुष्टि पोखेका थिए।

आलोचना

केही सभासदहरुले अहिले सम्म भएका र हुन नसकेका कामबारे जानकारी नपाएर संविधानसभा संसद नै सूचनाको हकबाट वन्चित भएको उल्लेख गर्दै सभामुखको समेत आलोचना गरेका थिए।

तीन वर्ष तीन महिना आयु विताउन लागेको संविधानसभाको म्याद अघिल्लो पटक तीन महिना बढाउँदा विहान छलर्लंङ् भएको थियो।

र, त्यसभन्दा पहिले मध्य रातमै एक वर्ष थपिएको थियो।