लण्डन ओलिम्पिक्सको संक्षिप्त परिचय

  • 7 मार्च 2012
ओलिम्पिक्स खेल ग्राम तस्वीर कपीराइट AP
Image caption यो प्रतियोगिता लण्डन शहरले आयोजना गर्ने तेस्रो ओलिम्पिक्स खेल हुनेछ

सन् २०१२ को जुलाई र अगष्ट महिनामा हुने ओलिम्पिक प्रतियोगिता लण्डन शहरले आयोजना गर्ने तेस्रो ओलिम्पिक्स खेल हुनेछ।

लण्डनमा पहिलो पटक ओलिम्पिक्स प्रतियोगीता सन् १९०८ मा भएको थियो भने दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा दोस्रो पटक लण्डनले खेल आयोजना गर्न पाएको थियो।

उद्घाटन समारोह भन्दा दुई दिन अगाडी नै यो प्रतियोगीताका प्रथम खेलहरु आरम्भ हुनेछन्। सन् २००० को सिड्नी ओलिम्पिक्स देखि नै यस्तो चलन चलेको हो। कार्डीफ शहरस्थित मिलेनियम रंगशालामा महिला फुटबलको समूह चरणको पहिलो खेलबाट सन् २०१२ को ओलिम्पिक्सको प्रतियोगीताको आरम्भ हुनेछ।

समापन समारोह हुने अन्तिम दिन, १२ अगष्टमा, आधुनिक पेन्टाथलन, बक्सिंगका बांकी पदक, र एथलेटिक्सको अन्तिम प्रतियोगीताका रुपमा पुरुष म्याराथन दौड हुनेछ।

मुख्य ओलिम्पिक्स रंगशालामा समापन समारोहको आयोजना गरी, सन् २०१६ को निम्ति खेल ब्राजीलको रियो शहरलाई हस्तान्तरण गरिएपछि लण्डन ओलिम्पिक्स समाप्त हुनेछ।

लण्डन

लण्डन शहरको इतिहास ब्रिटेनमा रोमन साम्राज्यको आधिपत्यको समयसंग जोडिएको छ। यस्लाई रोमनहरुले लंडिनियम भन्ने गर्दथे र शहरको पुरानो क्षेत्रलाई सिटि अफ लण्डन भनिन्छ।

१९ औं शताब्दीमा त्यस इलाका वरपर विस्तार भएको बस्तीलाई समेत लण्डन भन्न थालिएको हो। कला, ब्यापार, मनोरञ्जन, फेशन, पर्यटन जस्ता मापदण्डलाई विचार गर्ने हो भने लण्डनलाई विश्व कै एउटा सांस्कृतिक राजधानी भन्न सकिन्छ।

शिक्षाको दृष्टिले हेर्दा पनि लण्डन महानगरमा ४३ वटा विश्व विद्यालयहरु छन्, जस्ले गर्दा यस शहरलाई युरोपमा नै शिक्षाको प्रमुख केन्द्र भन्न सकिन्छ।

लण्डन विविधताको शहर पनि हो, यहांका बासिन्दाले ३०० वटा भन्दा बढी भाषाहरु बोल्दछन्। लण्डनको भुमिगत रेल सेवा संसारको सबैभन्दा पुरानो हो र यसलाई “लण्डन अन्डरग्राउण्ड” वा बोलीचालीको भाषामा “द ट्युब” भनिन्छ।

मस्कट

तस्वीर कपीराइट Getty
Image caption लण्डन ओलिम्पिक्सको मस्कटहरु दूईवटा छन् वेनलक र म्यानडभिल

लण्डन ओलिम्पिक्सको मस्कटहरु दूईवटा छन् वेनलक र म्यानडभिल।

ग्रिस्मकालीन प्रतियोगीताको मस्कट वेनलक, आधुनिक ओलिम्पीक्स खेल आयोजनालाई प्रेरणा दिने गरी १९ औं शताब्दीमा खेलहरु आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगीता स्थल, इंगल्याण्डको एउटा सानो नगर, मच वेनलक (Much Wenlock) को नाममा राखिएको हो।

म्यानडभिल, प्रथम शितकालीन ओलिम्पीक्सको जन्म भएको इंग्ल्याण्डकै अर्को नगरस्थित स्टोक म्यान्डेभिल (Stoke Mandeville) अस्पताल को नाममा।

मस्कटको रचयिताहरुले आफूहरुले त्यो बालबालिकाहरुलाई ध्यानमा राखेर तयार पारेको बताएका छन्। उनीहरुले ति मसक्टहरुले बालबालिकाहरुलाई खेलसंग जोड्ने र ब्रिटेनको ओलिम्पीक र प्यारालिम्पीक इतिहासको कथा बताउने बताएका छन्।