संविधान बारेको अन्योल कायमै

  • 27 मे 2012
संविधान सभा
Image caption जेठ १३को मध्यरात नजिकिदै गर्दा पनि वैठकको टुङ्गो लागिसकेको थिएन

मध्यरात नजिकिंदै गर्दा दलहरुबिच अन्य विकल्पबारे छलफल भइरहेको नेताहरुले बताएका छन्।

संकटकाल लगाएर संविधानसभालाई संसदमा रुपान्तरण गर्ने की संविधानसभाको ताजा निर्वाचन गर्ने विकल्पमा छलफल भइरहेको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बताएक छन्।

दिउँसो अचानक बढेको संविधान जारी हुने सम्भावना साँझ परेपछि फेरी कमजोर भएको थियो।

प्रमुख तीन दलका नेताहरुको आग्रह अनुसार जनजाती सभासदहरु मिश्रित पहिचान मान्न तयार भएपछि दिउँसो नयाँ संविधानको मस्यौदा जारी हुने विश्वास पलाएको थियो।

तर फेरी कुरा नमिलेपछि संविधानसभालाई संसदको हैसियतमा परिवर्तन गर्ने र नयाँ निर्वाचनमा जाने लगायतका विकल्पहरुबारे छलफल शुरु भएको बताइएको छ।

अनिश्चितता

संविधान जारी गर्ने अन्तिम दिन आइतबार संविधानसभाको बैठक विहान ११ बजे बोलाइएको थियो।

तर मुख्य दलहरुबीच सहमति हुन नसक्दा बैठक केहीबेर अघिसम्म पनि बस्न सकेको थिएन।

शीर्ष नेताहरु भने विहानैदेखि संविधानको मस्यौदा जारी गर्ने, संविधानसभालाई संसदमा परिणत गर्ने र नयाँ चुनावमा जाने लगायतका विकल्पमा छलफलमा ब्यस्त थिए।

जसले गर्दा साँझ अवेरसम्म संविधानसभाले आफ्नो अन्तिम दिन के निर्णय लिन्छ भन्ने अन्यौल कायम छ।

त्यो अन्यौल जनताकानिम्ति मात्र थिएन स्वंय सभासदहरु नै अनभिज्ञ थिए।

अनौठो देखियो, संविधान जारी गर्नु पर्ने सभासदहरु नै केहीबेर अघि संविधानसभा परिसरमा संविधानको माग गर्दै नाराबाजीमा उत्रिए।

नारावाजी गर्नेहरुमा तराई केन्द्रित दल र माओवादीका असन्तुष्ट पक्षका सभासदहरुको बाहुल्य देखिन्थ्यो।

त्यसअघि दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको शीर्ष नेतृत्वको बैठकमा संविधान जारी हुने संभावना तर्फ मुलुकलाई डोर्‍याएको थियो।

एकल पहिचानको संघीयताको निम्ति दलको निर्देशन अवज्ञा गर्न तयार भनिएका जनजाती सभासद मिश्रित पहिचान सहितको संघीयता स्वीकार्न तयार भएपछि त्यो सम्भावना बढेको ठानिएको थियो। शीर्ष नेतृत्वसँग वार्ता गरेपछि एमालेका नेता पृथ्वी सुब्बा गुरुङ्।

माओवादी सभासद लोकेन्द्र विष्टले पनि लचक बनेको प्रतिकृया दिएका थिए।

तर जनजाती सभासदको प्रतिकृया पछि संविधान जारी हुने सम्भावना साझ ढल्किएपछि न्यून बन्दै गएको नेताहरुले जनाएका छन्।

प्रधानमन्त्री निकट नेताहरुका अनुसार केहीबेर अघिसम्म दलहरु संविधानसभालाई संसदमा परिवर्तन गर्न संविधान संसोधन गर्ने र नयाँ चुनावमा जाने लगायतका विकल्पमा छलफल गरिरहेका छन्।