अध्यादेशको विकल्प छैन: प्रधानमन्त्री

पछिल्लोपल्ट अपडेट गरिएको: 20.08.12, 20:57 NST सम्मका समाचार
प्रधामन्त्री बाबुराम भट्टराई

अध्यादेश अस्वीकृत गर्नु अघि राष्ट्रपतिसँग भएको कुराकानीबारे चाहिं प्रधानमन्त्री खुल्न चाहेनन्

सोमबार नेपालगंजमा सम्वाददाताहरुसँगको कुराकानीमा उनले त्यस्तो असन्तुष्टि जनाउँदा निकै होसियार त देखिए तर भाषा र शैली चाहिं कूटनीतिक थियो।

अध्यादेश अस्वीकृत भएपछि उत्पन्न बहस सेलाउन नपाउँदै प्रधानमन्त्री भट्टराईले अध्यादेश मार्फत कानुन संशोधनको विकल्प नरहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री भट्टराइले सरकारले विधिवत ढंगले पठाएको अध्यादेशलाई लामो समय राष्ट्रपतिले राखेर अन्त्यमा फिर्ता पठाएको भन्दै देशलाई अगाडि बढाउन अध्यादेशको विकल्प नभएको बताए।

बाटो

उनले भने, "निर्वाचनको विकल्प छैन, निर्वाचनमा जानको निम्ति ऐन संशोधनको विकल्प छैन, अध्यादेशकै बाटो हो।”

उनले थपे, “अध्यादेशलाई जसरी लामो समयसम्म रोकेर अहिल जुन ढंगले फिर्ता गरियो अब त्यो विषयमा म विवाद सार्वजनिक ढंगले चलाउन चाहन्न तर त्यसले प्रश्न चाहि उब्जाएको छ।”

"निर्वाचनको विकल्प छैन, निर्वाचनमा जानको निम्ति ऐन संशोधनको विकल्प छैन, अध्यादेशकै बाटो हो"

डा बाबुराम भट्टराई, प्रधानमन्त्री

अध्यादेश अस्वीकृत गर्नु अघि उनले राष्ट्रपतिसँग पनि भेट गरेका थिए।

तर उनले भेटको कुराकानीका विषयमा खुलेर कुरागर्न चाहेनन्।

उनले यति मात्र भने, “भित्र भनेका कुरा त मैले किन भन्नु र। अन्तराष्ट्रिय परम्परा पनि के हो भने मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्राध्यक्षले जारी गर्नु पर्छ।”

काठमाण्डू फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग निकै छोटो कुरा गरेका प्रधानमन्त्री भट्टराईले धेरै पटक अनावश्यक विवाद र आशंका बढाउन नचाहेको भन्दै आफ्नो कुरा घुमाउरो पाराले राखेका थिए।

उनले भने, "मलाई के लाग्यो, हामीलाई के लाग्यो, अर्कालाई के लाग्यो, उहाँलाई के लाग्यो भन्ने कुरा मुख्य होइन, हाम्रो अन्तरिम संविधानले सबैको अधिकार र कर्तव्य तोकिदिएको छ त्यसको पालना गर्नु हाम्रो दायित्व हो।"

अब राष्ट्रपतिले फर्काइ दिएका अध्यादेशहरु के गर्ने भन्ने बारे सरकारमा रहेका दलहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।