एमाले संविधानसभा पुनर्स्थापनाको विपक्षमा

पछिल्लोपल्ट अपडेट गरिएको: 13.10.12, 20:27 NST सम्मका समाचार

सत्तारुढ दलहरु, नेपाली कांग्रेसका केही नेताहरुले र पूर्व सभासदहरुले संविधानसभा पुनर्स्थापनाको पक्षमा वकालत गरीरहेको बेला एक प्रमुख विपक्षी दल नेकपा एमाले पुनर्स्थापनाको विपक्षका उभिएको छ।

UML against CA extension

नेकपा एमले संविधानसभा पुनर्स्थापनाको विपक्षमा उभीएको छ।

शनिवार बसेको एमले स्थायी समितीको बैठकले पुनर्स्थापनामा नजाने आफनो अडान दोहोर्याउँदै ताजा जनादेशमा जाने निर्णय गरेको छ।

बैठकले पार्टी छाडेर गएको असन्तुष्ट नेताहरुको पार्टी सदस्यता समेत खारेज गरेको छ।

संविधानसभा पुनर्स्थापना वा ताजा निर्वाचन भन्ने विवाद फेरि शुरु भएपछि नेकपा एमालेको स्थायी समितिले अडकालबाजीहरुको अन्त्य गर्दै उसले आफ्नो अडान यथावत रहेको जानकारी दिएको छ।

जनादेश

एमालेले आफना कार्यकर्ताहरुलाई पुनर्स्थापनाको पक्षमा हुने कुनै पनि कार्यक्रममा सभागी नहुन निर्देशन जारी गरेको पार्टी सचिव युवाराज ज्ञावालीले बताए।

उनले भने, “यस भन्दाअघि ताजा निर्वाचनमा जाने निर्णयमा हामी अडिग छौं।”

गत साता एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा पुनर्स्थापनाको प्रस्ताव फेरि गरेपछि राजनीतिक निकासको विकल्पबारे समाप्त भएको भनिएको विवाद फेरि चर्किएको थियो।

"यो राजनीतिक, संवैधानिक, नैतिक र व्यवहारीक रूपमा संभव छैन"

ईश्वर पोख्रेल, एमाले महासचिव

केही समयअघि मात्र पुनर्स्थापनाको विकल्प बन्द भएको भन्दै दलहरु ताजा जनादेशमा जान सहमत भएका थिए।

आयु

माओवादीले सरकारको आयु लम्बयाउन फेरि पुनर्स्थापनाको कुरा अघि सारेको एमालेको बुझाइ छ।

एमाले महासचिव ई्श्वर पोख्रेलले पुनर्स्थापनाको विरोधको कारण खुलाउँदै भने, “यो राजनीतिक, संवैधानिक, नैतिक र व्यवहारीकरुपमा संभव छैन।”

यसरी राजनीतिक गतिरोधको अन्त्यकालागि दलहरूले फरक फरक आडान लिन थालेपछि असोज मसान्तसम्म राष्ट्रिय सहमति जुटाउने उनीहरुले गरेका प्रतिबद्धता फेरि पुरा नहुने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।