सजाय भोग्न तयार छु: लक्षीराम

पछिल्लोपल्ट अपडेट गरिएको: 12.01.13, 19:05 NST सम्मका समाचार

प्रहरी हिरासतमा रहेका लक्षीराम घर्ती मगरले मुख्य अभियुक्तलाई कडा कारवाहीको माग गरेका छन्

महान्यायाधिवक्ता मुक्ति प्रधानले लिखित रुपमै पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणको मुद्दा अगाडि नबढाउन निर्देशन दिएको भन्दै त्यसको विरोधमा शनिबार दैलेखमा प्रर्दशन भएको छ।

सशस्त्र द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापाको हत्या गरेको अभियोगमा प्रहरीले केहीलाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरीरहेका बेला महान्यायाधिवक्ताको त्यस्तो निर्देशन आएको बताइएको छ।

शुक्रबार फ्याक्स मार्फत पठाइएको उक्त निर्देशनका बारेमा अनुसन्धान गरीरहेको दैलेख प्रहरीका अधिकारीले आफूहरुलाई निर्देशन गर्ने अधिकार महान्यायाधिवक्तालाई नभएको भन्दै प्रक्रिया नरोक्ने जनाएका छन्।

सजाय

हत्या अभियोगमा समातिएका मध्यका एक लक्षीराम घर्ती मगरले भने आफू सजाय भोग्न तयार रहेको बताएका छन्।

उनीसँग हाम्रा सम्बाददाता नेत्र केसीले गरेको विशेष कुराकानीमा उनले आफ्नो भूमिका सानो भएकाले थोरै सजाय हुनुपर्ने र मुख्य अभियुक्तहरुलाई कडा कारवाही गरिनुपर्ने बताएका छन्।

तत्कालीन विद्रोही माओवादीको सेनाको आदेशमा माओवादी सेनाकै व्यक्तिहरुले कुटपीट गरेर हत्या गरेको मगरले अन्तरवार्तामा बताएका छन्।

अनुसन्धानका लागि स्थानीय स्कूलमा बोलाएर कुटपीट गरेर मारेपछि जंगलछेउमा खाल्डो खनेर गाडेको उनले बताएका छन्।

आफूलाई अह्राएको काम गरेको भन्दै मगरले मुख्य अभियुक्तहरुलाई कडा कारवाही गर्नुपर्ने बताएका छन्।

पछुतो

उक्त हत्याकाण्डपछि आफूलाई निरन्तर पछुतो लागेको उनी बताउँछन्।

उनी भन्छन्, "सँधैभरि त्यसो किन गरेको होला भन्ने पछुतो मलाई मनमा परिरहन्छ।"

उनले अन्तरवार्तामा आफूहरुको सपना चकनाचुर पारेर पार्टीका नेताहरु चिल्ला मोटरमा चढेर हिँडेको भन्दै खेद व्यक्त गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।