दैलेख झडपमा कम्तिमा तीन दर्जन घाइते

पछिल्लोपल्ट अपडेट गरिएको: 23.01.13, 23:59 NST सम्मका समाचार
दैलेखमा भएको झडपपछि

बुधवारको झडपपछि सत्तापक्ष र विपक्षीबीचको तनाव बढने देखिएको छ

प्रधानमन्त्री बाबुराम भटराई सहभागी भएका दैलेखको एक कार्यक्रममा विपक्षी दलहरुले अवरोध गर्न खोजेपछि भएको झडपमा तीन दर्जन भन्दा बढी घाईते भएका छन।

विपक्षी दलहरुले पत्रकार डेकेन्द्र थापाको हत्यारालाई बचाउन खोजेको आरोप लागेको प्रधानमन्त्रीलाई दैलेख जिल्लामा प्रवेश निषेधको घोषणा गरेका थिए।

बुधवारको झडपपछि सत्तापक्ष र विपक्षबीचको तनाव अझै बढ्ने संकेत देखिएको छ।

आफ्नो दलको जिल्ला सम्मेलन सफल पार्न भन्दै नाराबाजि गर्दै हिंडेका एमाओवादीका कार्यकर्ता र प्रधानमन्त्रीको भ्रमणको विरोध गर्दै नाराबाजी गरेका विपक्षी दलहरुका कार्यकर्ताहरुबीच भएको झडपबाट शुरु भएको तनाव दिनभर जसो रहेको थियो।

जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई सभास्थलमा पुगेका विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाउने क्रममा झडप भएको बताइएको छ।

अश्रुग्यास समेत प्रयोग गरेको प्रहरीलाई स्थितिलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो।

सो क्रममा भएको झडपमा काँग्रेस जिल्ला सभापती र एमाले जिल्ला अध्यक्ष लगायत तीन दर्जन नेता कार्यकर्ता घाइते भएको विपक्षी दलहरुले जनाएका छन।

तनावकै बीच कार्यक्रममा सहभागी नेताहरुले आफ्ना भनाईहरु राखेका थीए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री बाबुराम भट्टराईले 'दैलेखी जनतालाई डलरका खेती गरेर मिडीयाबाजी गर्नेहरुले तर्साउन खोजेकाले' आफूहरु दैलेख आएको बताएका थिए।

उनले भने, "गोलोबेलियन शैलीमा दुसप्रचार गर्छन, तीनले हामीलाई आतङ्कित पार्न खोजेका थिए, त्यहाँ जानु हुँदैन ठूलो रक्तपात हुन्छ भन्थे तर हामीहरुले तपाई दैलखी जनताहरुले ती तत्वबाट जुन प्रकारको आतङ्क बेहोरीरहनु भएको छ तपाईहरु सँग ऐक्यबद्धता जनाउन हामी आएका हौ।"

आरोप प्रत्यारोप

"त्यहाँ जानु हुँदैन ठूलो रक्तपात हुन्छ भन्थे तर हामीहरुले तपाई दैलखी जनताहरुले ती तत्वबाट जुन प्रकारको आतङ्क बेहोरीरहनु भएको छ तपाईहरु सँग ऐक्यबद्धता जनाउन हामी आएका हौ।""

प्रधानमन्त्री बाबुराम भट्टराई

मंगलबार नै सडकहरुमा रुखहरु ढालेर बाटो अवरूद्ध गरेका विपक्षीहरुले दैलेख बजारलाई समेत कालो झण्डाले रङगाएका थिए।

ती सबै विरोधको तयारीको जानकारी पाएको एमाओवादीले विभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरु बोलाएर झडप गर्न खोजेको आरोप विपक्षी दलहरुको छ।

काँग्रेस जिल्ला सभापति कृण्ण बिसीले भने, "हाम्रो शान्तीपूर्ण आन्दोलनमा वाईसीएलहरुले कार्यक्रम स्थलबाट ढुङगा प्रहार गर्ने, लठ्ठीहरु प्रहार गर्ने, दाउरा प्रहार गर्ने गरे।

"धेरै हाम्रा कार्यकर्ता घाइते छन्, म पनी घाइते भएको छु।"

एमाओवादी पश्चिम ब्युरो इन्चार्ज शक्ती बस्नेतले भने विपक्षी दलहरुको जबर्जस्तीले तनावको स्थीती ल्याएको बताए।

उनले भने, "कालोपट्टी देखाएर विरोध गर्ने छुट दिएका थियौं तर जब उहाँहरुले कार्यक्रममा सहभागी निहत्था जनतामाथि ढुङगामुडा प्रहार गर्न थाल्नुभयो अनी सहभागीले प्रतिकार गरेपछी उहाँहरु भाग्नु भएको हो।"

कार्यक्रमस्थलको झडपपछि बजारतर्फ फर्कीएका विरोध प्रदर्शनकारीहरूले एमाओवादीको जिल्ला कार्यालयमा तोडफोड गरेपछि थप तनाव श्रृजना भएको बताइएको छ।

दुवै थरीका प्रद्रर्शनकारीहरु सदरमुकाममै रहेकाले राती पनी केही हुन सक्ने आशंका गर्दै प्रहरीले नेपालगंज र सुर्खेतबाट आएको थप प्रहरीलाई परीचालन गरीएको जनाएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।