'विकल्पमा छलफल गर्न सकिन्छ'

पछिल्लोपल्ट अपडेट गरिएको: 13.02.13, 20:34 NST सम्मका समाचार
प्रमुख दलका शीर्ष नेताहरु

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव काँग्रेस र एमालेले अस्वीकार गरेका छन्

नेपाली काँग्रेस र नेकपा एमालेले वहालवाला प्रधानन्यायाधीशले राजीनामा नदिए सम्म उनको नेतृत्वमा चुनावी सरकार गठन हुन नसक्ने अडान नछोडेपछि एकीकृत माओवादीले प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाउने लगायतका विकल्पमा पनि छलफल गर्न सकिने संकेत दिएको छ।

उक्त पार्टिका प्रवक्ता अग्नी सापकोटाले बीबीसीसँग कुरा गर्दै आफूहरुले अघि सारेको प्रस्ताव उत्तम भएपनि विपक्षी दलले आनाकानी गरेकाले अन्य विकल्पमा पनि छलफल गर्न सकिने बताएका हुन्।

विपक्षी दलहरु काँग्रेस र एमालेले चाहिँ वहालवाला प्रधानन्यायाधीशलाई स्वीकार्न नसकिने अडान त्यागेका छैनन्।

वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको प्रस्ताव स्वीकार नगर्ने निष्कर्ष एमालेले मंगलवार निकालेको थियो।

"“वैठकमा बोल्ने करिव करिव सवै नेताहरुले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न हुँदैन भन्नेमा जोड दिनुभयो"

शेखर कोइराला, नेता, नेपाली काँग्रेस

नेपाली काँग्रेसको बुधवार भएको केन्द्रिय समिति बैठकमा अधिकांश सदस्यले उक्त प्रस्ताव स्वीकार नगर्ने धारणा राखेको बैठकमा सहभागि काँग्रेस नेता शेखर कोइरालाले बीबीसीलाई बताए।

उनले भने, “वैठकमा बोल्ने करिव करिव सवै नेताहरुले वहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न हुँदैन भन्नेमा जोड दिनुभयो।”

विकल्प

विपक्षी दलहरुमा यस्तो धारणा बाक्लिदै गएपछि प्रधानन्यायाधीशको प्रस्तावक एकीकृत माओवादीले चाहिँ अव के गर्छ?

"न्यायालय नै सवैभन्दा निष्पक्ष हुन्छ भनेर गरेको हो हामीले, वहालवाला आदी ईत्यादी भनेर होईन, त्यस्मा पनि उहाँहरुले वहानाबाजी निकालेपछि फेरी छलफल त हुन सक्ने भयो"

अग्नी सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

के उक्त पार्टी विपक्षि दलहरुले भने झै प्रधानन्यायाधीशलाई राजीनामा गराउने लगायत विकल्पमा छलफल गर्न तयार छ?

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटा भन्छन्, “न्यायालय नै सवैभन्दा निष्पक्ष हुन्छ भनेर गरेको हो हामीले, वहालवाला आदी ईत्यादी भनेर होईन, त्यस्मा पनि उहाँहरुले वहानाबाजी निकालेपछि फेरी छलफल त हुन सक्ने भयो।”

प्रधानन्यायाधीशको पछिल्लो विकल्पमा पनि दलहरुबीच सहमति नभएपछि राष्ट्रपति रामवरण यादवले तीन प्रमुख दल र मधेशी मोर्चाका नेतासँग बुधवार छुट्टाछुट्टै भेटेका थिए।

"लोकतन्त्रको मूल्य मान्यता, हाम्रो अन्तरिम संविधानको व्यवस्था, हाम्रा स्थापित प्रचलनहरु, यी कुरालाई वेवास्ता गरेर अहिलेको काम भोलि हाम्रा लागि पासो बनेर नआउन् भन्ने हाम्रो चिन्ता हो"

ईश्वर पोखरेल, महासचिव, नेकपा एमाले

त्यो भेटमा आफूहरुले राखेको धारणा सुनाउँदै एमाले महासचिव इश्वर पोखरेलले भने, “लोकतन्त्रको मूल्य मान्यता, हाम्रो अन्तरिम संविधानको व्यवस्था, हाम्रा स्थापित प्रचलनहरु, यी कुरालाई वेवास्ता गरेर अहिलेको काम भोलि हाम्रा लागि पासो बनेर नआउन् भन्ने हाम्रो चिन्ता हो।”

प्रमुख दलहरुबीच प्रधानमन्त्रीको पछिल्लो विकल्पमा पनि कुरा नमिलेपछि सहमतिय प्रधानमन्त्रीको नेतृत्वमा तत्काल सरकार गठन हुने र आउँदो जेठमा चुनाव हुने सम्भावना टाढिदै गएको देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।